यसरी भयाे बारामा दम्पतीकाे हत्या

   
76   पटक पढिएको

बारा, १६ मंसिर । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालन गर्ने दम्पतीको हत्या गरिएको छ । 

सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको शुक्रबार राती हत्या भएको बारा प्रहरीले जनाएकाे छ । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो । 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव फर्मभित्र फेला परेको हो ।

बजनी टोलदेखि ५ सय मिटर पश्चिम रहेको गाई पाल्ने गोठमा दम्पती सुतिरहँदा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ । घटनास्थल पर्सा जिल्लासित जोडिएको टेढा गाउँ जाने मुख्य बाटोमा पर्छ । त्यस क्षेत्रमा उद्योगमा काम गर्ने मजदुरहरुको आवागमन सधैं भइरहने गर्छ । 

घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ ।

दिपिकाको बलात्कार पछि हत्या गरेकाे अाशंका गरिएकाे छ । उनकाे शव निर्वस्त्र अवस्थामा कोठामा फेला परेकाे थियाे । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा खेतमा भेटिएको हो । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा हानेर हत्या गरिएको जस्ताे देखिएकाे स्थानीय समाजिक अगुवा कृष्ण खनालले बताए । हत्यामा संलग्न भएकाको पहिचान खुलेको छैन् ।

घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिने बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ,’ उनले भने, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।