३० औं विश्व एड्स दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न

   
61   पटक पढिएको

मंसिर १५ बीरगञ्ज 
३० औं विश्व एड्स दिवसको अवसरमा पर्सा जिल्लामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । एड्स रोग विरुद्ध विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका संघ संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो । लिटिल फ्लावर सेकेन्डरी स्कुल परवानीपुरले वीरगञ्ज महानगरपालिकाको वडा नं ३२ मा विभिन्न कार्यक्रम गरेको हो । स्कुलको अयोजनामा शुक्रबार बिहान ¥याली निकाल्नुको साथै सडक नाटक प्रदर्शन गरिएको प्रिन्सिपल फादर जिजुले जानकारी दिए ।  हिमाल आईरन चोकबाट निकालिएको ¥याली चोर्नी गाउँको परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो । 
एड्स दिवसकै अवसरमा लिटिल फ्लावर सेकेन्डरी स्कुलका विद्यार्थीहरुले एड्स विरुद्ध सचेनामुलक नाटक समेत प्रदर्शन गरेका थिए । यसैबीच पर्साको ठोरी गाउँपालिकामा आजदेखि घरेलु हिंसा तथा मानव बेचबिखन विरुद्ध सचेनामुलक कार्यक्रम शुरु भएको छ । कारितास नेपालको सहयोगमा नेपाल आराधाना समाजले कार्यक्रमको आयोजना गरेको हो । 
ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा सञ्चालन भईरहेको तालिममा सहभागीहरुलाई घरेलु हिंसाको प्रकृति, पहिचान र घरेलु हिंसा निवारणका लागि बनेका कानुनका बारेमा जानकारी गराईने आराधना समाजका कार्यक्रम संयोजक अवधेश साहले जानकारी दिए । कार्यक्रमको सहजीकरण मानवअधिकारकर्मी अधिवक्ता कमलमोहन पोखरेलले प्रशिक्षण दिईरहेका छन् । तालिममा ठोरी गाउँपालिकाको ९ वटै वडाका २० जना अगुवाहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।