वित्तीय आयोग गठनको तयारी

   
11   पटक पढिएको

काठमाडौँ, १५ मंसिर । मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा वित्तीय कारोबार सञ्चलन गर्न सरकारले वित्तीय आयोग गठनको तयारी गरेको छ । 

वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने वित्तीय कारोबारको प्रारुपको तयारी प्रशासनिकस्तरमा भइरहेको हो । 

जननिर्वाचित संसद् नभएकाले राज्यले उच्च सरकारी कर्मचारीलाई वित्तीय आयोग गठनसम्बन्धी नीति, नियम तर्जुमा गर्ने अभिभारा सुम्पेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले बताउनुहुन्छ । 

नेपाल आर्थिक पत्रकार समाजको (सेजन) २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तरित सदनबाट आयोग गठनसम्बन्धी काम पूरा गर्ने लक्ष्य पूरा नभएकाले प्रशासनिकस्तरमा अहिले पनि काम भइरहेको बताउनुभयो । 

उहाँले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई सकारात्मक प्रभाव पार्ने खाजीपूर्ण समाचार प्रस्तुत गर्नुपर्ने सुझाव दिँदै विश्वनीय एवं स्तरीय पत्रकारिताले नै समाजलाई फाइदा पुग्ने बताउनुभयो । 

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकका ७५३ स्थानीय निकायमध्ये १२० वटामा वित्तीय सेवा पुग्न बाँकी रहेको जानकारी दिँदै ती स्थानमा बैंकिङ सेवा पु¥याउन केन्द्रीय बैंक क्रियाशील रहेको बताउनुभयो । 

सेजनका अध्यक्ष पुष्प आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो । रासस

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।