बजारमा आयो स्मार्ट कण्डम, सेक्सबारे दिनेछ साेच्नै नसक्ने जानकारी

   
19   पटक पढिएको

काठमाडाैँ, २२ मंसिर । स्मार्ट घडी र गूगल ग्लासपछि विश्वमा वेरेबल ( शरीरको कुनै अंगमा लगाएर हिड्न मिल्ने) प्रविधिप्रति रुचि बढ्दो छ । घडी र चश्मापछि अब नयाँ–नयाँ प्रडक्ट बजारमा उत्रिदै छन्। यसैक्रममा एक नयाँ प्रविधि ‘स्मार्ट कण्डम’ बजारमा आउने तयारीमा छ। 

तपाईले नसोचेका जवाफ यस स्मार्ट कण्डमले दिने कम्पनीले दावी  गरेको छ । ब्रिटेनको एक अनलाइन बजारमा यसको बिक्री गर्न रजिस्ट्रशेन सुरु गरिसकिएको छ । सन् २०१६ मै कम्पनीले यसलाई बजारमा उतार्ने दावी गरेका थियो जुन सफल हुनसकेको थिएन ।

यो स्मार्ट कण्डमले प्रयोगकर्तालाई सेक्स कति लामो समय, कति पटक र कतिपछि सेक्स गरेको बताउन सक्ने दावी कम्पनीले गरेको छ । यद्यपी, यसको नाम स्मार्ट कण्डम राखिएपनि यो परिवार नियोजनको साधन भने होइन  अर्थात यसले गर्भ रहनबाट बचाउँदैन र यौन रोगको पनि रोकथाम गर्दैन । स्मार्ट कण्डम एक रिंग हो, जुन कण्डम झै ‘फिट’ हुन्छ ।

कम्पनीको दावीअनुसार, यो कण्डम पटक पटक प्रयोग गर्न सकिन्छ। यसमा प्रयोग भएको ‘न्यानो चिप’ र सेन्सरले सेक्सकोबारेका जानकारी संकलन गर्छ। एक पटक सेक्स भएपछि ब्लुटुथ मार्फत मोबाइल एपको माध्यमबाट यसमा भएको जानकारी मोबाइलमा डाउनलोड गर्न सकिने छ । जानकारी डाउनलोड भएपछि कण्डममा भएको डाटा आफैँ डिलिट हुन्छ र यो फेरि प्रयोगका लागि तयार हुन्छ ।

प्रयोगअघि यो चार्ज गर्नुपर्छ । यो यूएसबी पोर्टको माध्यमबाट सजिलै चार्ज हुन्छ । यसले यौन आनन्दलाई नबढाउँने र कुनै प्रकारको सुरक्षा नदिने भएकोले स्मार्ट कण्डमको सेक्सबारे दिन जानकारी बाहेक यसको अरु उपयोगिता नभएको आलोचकहरुको तर्क छ ।

यसलाई एक घन्टा चार्ज गरेपछि ७ देखि ८ घन्टासम्म प्रयोग गर्न सकिन्छ । एक बर्षे वारेन्टी दिइने स्मार्ट कण्डमको मूल्य ६० पाउन्ड बताइएको छ । एजेन्सी ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।