देशभरि रासायनिक मलको अभाव,कृषकहरु भारतीय कम्पनिको मल प्रयोग गर्न बाध्य

   
37   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,११ मंसिर
नेपाल सरकारले उपलब्ध गराउने रासायनिक मल पुर्ण रुपमा भित्रिन नसक्दा किसानहरु सहज रुपमा मलखाद्य पाउन सकेका छैन ।

गहु र हिउदे बालीको लागि नेपालभरिका किसानहरुका लागि चाहिने ४४ हजार मेट्रिक टन रासायनिक मलमध्ये एकदम न्युन १० हजार मेट्रिक टन मात्र मल भित्रिएपछि किसानहरुले सहज रुपमा पाउन नसकेको हो  ।

ग्लोबल टेन्डर मार्फत सिंगापुरको विल्सन इण्टरनेशनल कम्पनीले २०७४ आश्विन भित्र ४४ हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रयाउने आपूर्तीको ठेक्का लिएको भएपनि खेतीको समय सकिन लाग्दा १० हजार मात्र मल आयात भएपनि किसानहरु निजि कम्पनि तथा भारतीय ब्रान्डको रासायनिक मलखाद्य प्रयोग र्गा बाध्य छन । 


विल्सन इण्टरनेशनल कम्पनीले थप ३४ हजार मल चिनबाट खरिद गरि कोलकोता बन्दरगाहमा भण्डारण गरि राखेको भएपनि भारतीय रेल सेवा ढुवानीको लापरवाहीका कारण समयमा आउन नसकेको कृषि समाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय वीरगंजका प्रमुख अजय कुमार श्रीवास्तवले बताए । 

नेपाली कृषकहरुको लागि आवश्यक पर्ने मलखाद्य उपलब्ध गराउने जिम्मा पाएको कृषि सामाग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ्ग कार्पोरेसनले टेन्डर गरेको आपुर्तीको साकार गर्ने ठेकेदार कम्पनि एउटै भएकोले एउटै रेल्वे रयाकमा आधा–आधा गरि १० हजार मात्र मल आयात गरेको कृषि समाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय वीरगंजका प्रमुख अजय कुमार श्रीवास्तवले बताए ।

 साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वीरगंज स्थित सुक्खा बन्दरगाहबाट मल ढुवानी गर्न थालेको छ, भने कृषि समाग्रि कम्पनी लिमिटेडको मल बुधबार देखि ढुवानी गरी कार्यालयको वीरगंज गोदाममा भण्डारण गर्ने क्षेत्रिय प्रमुख श्रीवास्तवले बताए । 

मलको अत्याधिक माग भए पनि विल्सन इण्टरनेशनलले दशैँ अगाडी देखि नै मल ल्याउने भनेर आफ्नो उद्योगमा उत्पादन भएको कमसल मललाई नै नेपालमा ठेल्दै आएको पाइएको थियो । विल्सनका ठिकदारका अनुसार कोलकता पोर्ट मै कन्जेक्सन र रेल्वे लाईनको रुट नमिलेका कारण झण्डै २ महिना ढिलो गरी मल आएको बताएका छन् ।

भारतीय रेल्वेले नेपाल तर्फ मल ढुवानीका लागि समयमै रेल्वे ¥याक उपलब्ध नगराउदा यती धेरै परिमाणमा मल त्यहा थन्किन पुगेको ठेकेदार कम्पनिको दावी छ । नेपालमा गहु बालीको सिजन संघारमै आई सक्दा पनि कोलकातामा बिभिन्न बहानामा मल अडकिनुलाई शंकास्पद रुपमा लिइएको छ ।

यस अवधिमा भारतीय तथा नेपाली बिभिन्न मल कम्पनीहरुले नेपालमा आफ्नो बजार बिस्तारको लागि युरिया र डिएपि मलको बिकल्प भन्दै बिभिन्न मलको बिक्री बितरण तथा बजारीकरणको काम तीब्र बनाएका छन् ।

कम्पनी र कर्पोरेशनले ग्लोबल टेण्डरबाट तेश्रो मुलुकबाट आयात गर्ने मल कोलकाता बन्दरगाह देखि सिर्सिया सुक्खा बन्दरगाह वीरगंज सम्म रेलमा मात्रै ढुवानी गर्ने भएकाले सडक मार्गबाट उक्त मल ढुवानी गरी ल्याउन नसकिएकाले अझै समस्या भएको श्रीवास्तवले बताए । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।