महिलाहरुको सहकारी प्रती आकर्षण

   
37   पटक पढिएको

बीरगञ्ज मंसिर ११ / अञ्जली चौहान
 

तराईमा सहकारीहरुले वित्तिय र उत्पादनको क्ष्ँोत्रमा राम्रो काम गरिरहेका छन् । गरिब तथा निम्न आय स्तर भएका व्यक्तिको आर्थिक उन्नतीमा सहकारीको मुख्य भुमिका रहने गरेको पाईन्छ ।

सहकारी अभियान तराईमा , समाजको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण र समृद्धिको आधार बनेको छ । सहकारी संस्थाहरु सामाजीक रुपान्तरण र दिगो आर्थिक विकासका पक्षमा भ्रष्टचार मुक्त रुपमा काम गर्ने पहिलो निकाय पनि मानिन्छ ।

सहकारीबाट बिना धितो ऋण पाउन सकिने र उक्त रकमबाट आफ्नो आर्थिक स्तर उकास्न समेत सहयोग पुग्ने भएकाले पनि खास गरी अहिले आएर ग्रामीण भेगका महिलाहरुको सहकारी प्रती आकर्षण बढेको छ ।

घर भित्रै सिमित रहने खास गरी ग्रामीण भेगका महिलाहरु सहकारी मार्फत ऋण लिएर राम्रो आयआर्जन गर्न सफल भएका छन् भने महिलाहरुले मात्रै मिलेर खोलेको सहकारीले पनि समाजमा प्रशंशनीय काम गरेको छ । सहकारी मार्फत खास गरी ग्रामीण भेगका मधेशी महिलाहरुले राम्रो प्रगती गरेका छन् ।

एका तिर कमजोर आर्थिक अवस्था भएका महिलाहरुको सहकारी मार्फत जिवनस्तर उकास्ने प्रयास धेरै मात्रामा सफल भएको छ भने अर्कोतिर घरबाट निस्किन गार्हो मान्ने , आफुले निर्णय समेत लिन नसक्ने र बुढाले कमाएर ल्याएपछि खाने नभए भोकै बस्ने जस्ता संस्कृतीलाई तोड्दै सशतिmकरणको माध्यमबाट सहकारीले महिलाहरुको आर्थिक कारोबारमा पहुँच बढाई संगठित गर्दै महिलाको समुन्नत विकासमा टेवा पुर्याएको छ ।

महिलाहरुले सहकारीबाट ऋण लिएर ईमान्दारीपूर्वक किस्ता तिर्ने गरेकै कारण सहकारीले महिलाहरुलाई बढी विश्वास गर्ने गरेको वीरगंजको आदर्श नगरमा रहेको हितैसी बचत तथा श्रृण सहकारी संस्थाकी अध्यक्ष सीता विन बताउँछिन् ।

सहकारी मार्फत आफनो घरपरिवारको खर्च जुटाउन त सहज भएकै छ सहकारीमा लागेपछि आत्मनिर्भर बन्नुका साथै पैसाको लागि भौतारिनु नपरेको वीरगंज श्रीपुरकी भाग्यमनी देवीको भनाई छ । सहर देखी ग्रामीण भेगका महिलाहरुले सहकारीबाट ऋण लिएर कोहीले आफनै व्यापार गरिरहेका छन् भने कोहीले फलफुल पसल खोलेका छन् भने कोहीले बाख्रा पालन, कोहीले कृषिका लगानी गरी मनग्ये आम्दानी गरीरहेका छन् ।

सहकारी मार्फत स्वआर्जनमा लागेपछि ग्रोमाीण भेगका महिलाहरुको जिवनस्तरमा मात्र नभई समुदायमै सकारात्मक परीवर्तन भएको छ ।

महिलाहरुले सहकारीबाट बचत समूहमा आबद्ध भएपछि नियमित रकम बचत गर्ने र समूहको जमानीमा ऋण लिएर तरकारी, खाजा, पारचुन, रिक्सा, टाङगा, व्यापार व्यवसाय गर्दा आएको आम्दानीलाई पनि सहकारीमै बचत गरी सुरक्षित गर्ने गरेका छन् ।

ब्यवसायबाट आएको थोरै थोरै आम्दानीलाई बचत गर्दै कतीपय महिलाहरुले लाखौ रुपैया बचत गर्न सफल भएका छन् । सहकारी मार्फत महिलाहरुलाई थुप्रै अवसर प्राप्त हुने भएकोले सहकारीकै माध्यमबाट गरिब समुदायको महिलाहरुको सशक्तिकरण सम्भव हुने रामगढवा स्थित भगवती बचत तथा श्रृण सहकारी संस्थाका प्रतीनिीती रामनिवास देहातीको ठम्याई छ ।

बचत तथा ऋण सहकारीले एका तर्फ समुदायको जीवनपद्धति सुधार र आत्मनिर्भर अर्थतन्त्र विकासका लागि भूमिका खेलेको छ भने अर्को तर्पm सदस्यहरुवीच उद्यम र उत्पादनमा आधारित सहकारी बनाउन प्रेरणा मिलेको छ । तर सही ढंगबाट व्यवस्थापन गर्न नसक्दा र सञ्चालकहरु इमान्दार नहुदां सहकारी अभियानमा विकृतिहरु पनि देखा परेका छन् । पछिल्लो समयमा तराईमा वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको संख्या ह्वात्तै वढेको छ ।

संख्यात्मक रुपमा सहकारी संस्थाहरु बढेपनि गुणात्मक रुपमा कतीपय सहकारी संस्थाहरु अघि बढ्न सकेका छैनन् जस्ले गर्दा सम्पुर्ण सहकारी संस्थाहरुलाइ्र्र प्रभावीत तुल्याएको छ । तसर्थ यस्ता समस्या र विकृतीले सहकारी अभियानमा चुनौती थपेको हुँदा सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने र सर्वसाधरणहरु पनि यसमा सजग बन्नुपर्छ ।

कुनैपनि वित्तिय संस्था विश्वसनीय भए मात्रै कारोबार गर्नुपर्दछ र सहकारीका बारेमा एफएम पत्र पत्रिकामा आएको सूचनाहरुमा समेत ध्यान दिनु आवश्यक छ । मनलाग्दी सहकारी खोल्न पनि रोक लगाउनुपर्ने र जिम्मेवार निकायले सहकारी अनुगमनलाई पनि प्रभावकारी बनाउन आवश्यक छ । संख्यात्मक रुपमा धेरै सहकारी खोल्नु भन्दा गुणात्मक रुपमा विश्वासिला सहकारी सञ्चालन गरी प्रभावकारी सेवा दिन सक्नु पर्दछ ।

तराईमा सहकारीहरुले वित्तिय र उत्पादनको क्ष्ँेत्रमा राम्रो काम गरिरहेका छन् । गरिब तथा निम्न आय स्तर भएका व्यक्तिको आर्थिक उन्नतीमा सहकारीको मुख्य भुमिका रहने गरेको पाईन्छ । सहकारी अभियान तराईमा , समाजको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण र समृद्धिको आधार बनेको छ ।

सहकारी संस्थाहरु सामाजीक रुपान्तरण र दिगो आर्थिक विकासका पक्षमा भ्रष्टचार मुक्त रुपमा काम गर्ने पहिलो निकाय पनि मानिन्छ । सहकारीबाट बिना धितो ऋण पाउन सकिने र उक्त रकमबाट आफ्नो आर्थिक स्तर उकास्न समेत सहयोग पुग्ने भएकाले पनि खास गरी अहिले आए्र ग्रामीण भेगका महिलाहरुको सहकारी प्रती आकर्षण बढेको छ ।

घर भित्रै सिमित रहने खास गरी ग्रामीण भेगका महिलाहरु सहकारी मार्फत ऋण लिएर राम्रो आयआर्जन गर्न सफल भएका छन् भने महिलाहरुले मात्रै मिलेर खोलेको सहकारीले पनि समाजमा प्रशंशनीय काम गरेको छ । सहकारी मार्फत खास गरी ग्रामीण भेगका मधेशी महिलाहरुले राम्रो प्रगती गरेका छन् ।

एका तिर कमजोर आर्थिक अवस्था भएका महिलाहरुको सहकारी मार्फत जिवनस्तर उकास्ने प्रयास धेरै मात्रामा सफल भएको छ भने अर्कोतिर घरबाट निस्किन गार्हो मान्ने , आफुले निर्णय समेत लिन नसक्ने र बुढाले कमाएर ल्याएपछि खाने नभए भोकै बस्ने जस्ता संस्कृतीलाई तोड्दै सशक्तिकरणको माध्यमबाट सहकारीले महिलाहरुको आर्थिक कारोबारमा पहुँच बढाई संगठित गर्दै महिलाको समुन्नत विकासमा टेवा पुर्याएको छ ।


तसर्थ यस्ता समस्या र विकृतीले सहकारी अभियानमा चुनौती थपेको हुँदा सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने र सर्वसाधरणहरु पनि यसमा सजग बन्नुपर्छ । कुनैपनि वित्तिय संस्था विश्वसनीय भए मात्रै कारोबार गर्नुपर्दछ र सहकारीका बारेमा एफएम पत्र पत्रिकामा आएको सूचनाहरुमा समेत ध्यान दिनु आवश्यक छ ।

मनलाग्दी सहकारी खोल्न पनि रोक लगाउनुपर्ने र जिम्मेवार निकायले सहकारी अनुगमनलाई पनि प्रभावकारी बनाउन आवश्यक छ । संख्यात्मक रुपमा धेरै सहकारी खोल्नु भन्दा गुणात्मक रुपमा विश्वासिला सहकारी सञ्चालन गरी प्रभावकारी सेवा दिन सक्नु पर्दछ । 
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।