बारामा चुनाव बिथोल्न बम बिस्फोट गर्ने एक युवक सार्बजनिक

   
53   पटक पढिएको

बारा मंसिर ११ 
बारा प्रहरीले प्रतिनिधी र प्रदेश सभा चुनाव बिथोल्न बम बिस्फोट गर्ने युवकलाई  पक्राउ गरि सोमबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपलिका वडा नं ३ बजनी बस्ने राम प्रसाद तिमिल्सीनाको छोरा अन्दाजी ३५ वर्षीय कासी भनिने सन्तोष तिमल्सिना रहेका छन । तिमल्सिनाले आईतबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टाँगियावस्तिमा वाम गठबन्धनका उम्मेदवारहरुले गरिरहेको घरदैले र सभालाई  बम विष्फोट गराएका थिए ।

जंगलको बीच भागमा पर्ने बस्ती भएकोले  बम बस्ती भन्दा केही पर जङ्गलमा बिस्फोट भएको थियो ।बिस्फोटबाट कुनैपनि मानवीय क्षति भएको थिएन । बम बिस्फोट भएको थाहा पाउना साथ तत्काल खटिएको प्रहरी टोलीले बिस्फोट गराई जंगलतर्फ भाग्दै गरेका तिमल्सिनालाई लखेटेर पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले खैरो निलो रंगको सानो  झोलाबाट विस्फोटक पदार्थ बम विस्फोट गराउने ६६६६६०७८ लेखिएको एण्टीना भएको सेतो रिमोट कन्ट्रोलमा रातो अन आफ बटम रहेको मेसिन १ थान, म्याक्सेल अल्काईल ९ भोल्टको बैट्री १ थान बरामद गरेको थियो ।

पक्राउ परेका तिमल्सिनालाई प्रहरी हिरासतमा राखी आवशयक अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।