यसरी हुँदै छ वीरगंजको विकास, १५ अर्ब ४० करोड सहायतामा हस्ताक्षर

   
52   पटक पढिएको

बिरगञ्ज मंसिर ११ 
एसियाली विकास बैकले बिरगञ्ज महानगरपालिका सहित आठ नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।

यसरी ऋण सहायता प्राप्त गर्ने शहरहरुमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिका रहेका छन ।

अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एसियाली विकास बैँकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ बर्षसम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलब ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्ने छ ।

यो आयोजना लागू हुने शहरहरुमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट बन्ने अर्थ सचिव शंकर प्रसार अधिकारीले जानकारी दिए ।

दिगो शहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसंग अनुकुलन हुने कार्यक्रम समेत गरिने छ ।यो आयोजना शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।