शेयर बजार ओरालो लाग्दा ब्रोकर कम्पनी सुनसान

   
22   पटक पढिएको

काठमाडौं । दैनिक खचाखच रहने शेयर ब्रोकर कार्यालय सुनसान देखिन थालेका छन् । बजार बढेका बेला खुट्टा राख्ने ठाउँ नहुने ब्रोकर कार्यालय अहिले सुनसान छ ।

पुतलीसडकमा रहेको श्वेता सेक्युरिटिजकी अध्यक्ष सुचिता खनालले अहिले शेयर कारोबार सुरु हुने बेलामा १० जना पनि नहुने बताउँछिन् । ‘कारोबार बढेको बेलामा दुर्इ सय जनाको हाराहारीमा लगानीकर्ता आउँथे।अहिले दुर्इ दर्जन पुर्याउन पनि मुस्किल छ’उनले भनिन् । खनालका अनुसार दशैतिहारपछि लगानीकर्ता आउने क्रम घटेको हो । सबैजसो ब्रोकर कम्पनीको हालत यस्तै छ।निर्वाचन र ब्याजदरका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनले बतार्इन् ।

विहिवार दिब्य सेक्युरिटीको कार्यालयमा पनि लगानीकर्ता न्यून थिए । कुनै समय कारोबार हेर्न आउने लगानीकर्ता हलमा नअटाएर अर्को हलमा डिस्प्ले थपेको यो कम्पनी सुनसान छ । कम्पनीका रहेका लगानीकर्ताको मूड पनि निराश देखिन्थ्यो । कम्पनीका कर्मचारी डिआर पौडेलका अनुसार दशैतिहार अघि दैनिक दुर्इ करोडको कारोबार हुने गरेकोमा अहिले घटेर पचास लाखमा झरेको छ।उनले निर्वाचनमा लगानीकर्ता गएकोले कारोबार घटेको बताउँदै ठूला लगानीकर्ता समेत बजारमा नआएको बताए ।
 

मिडास सेक्युरिटिजमा नियमित कारोबार गर्दै आएका लोकेन्द्र रिजालले बजार सुनसान रहेको बताए । ‘बजार धेरै सुस्त छ, खासै ठुलो मार्जिनमा कारोबार भएको छैन,उनले भने । नेपाल इन्भेष्टर फोरमका सदस्य तुलसीराम ढकालका अनुसार अहिलेको समय शेयर लगानी कर्तालार्इ उपयुक्त अवसर हो । ‘राम्रा कम्पनीका शेयर पनि सस्तोमा किन्न पाइन्छ ।

लगानी गर्न चाहनले राम्रो प्रतिफल दिने कम्पनी किन्न सक्छ,उनले भने । उनले बजारको स्थायित्वका लागि नयाँ लगानीकर्ता भित्रिनुपर्ने बताउँछन् । ‘नयाँ लगानीकर्ता नभित्रिएसम्म बजार स्थायित्व हुँदैन । यो नयाँ लगानीकर्ता प्रवेशका लागि उपयुक्त अवसर पनि हो’ढकालले भने,बजार घटेको बेलामा राम्रो प्रतिफल दिने कम्पनीको शेयर किन्नु उपयुक्त हुन्छ ।‘

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।