मस्जीदमा भएकाे आक्रमणमा परी मारिनेको संख्या २३५ पुग्यो, राष्ट्रिय शोकको घोषणा

   
43   पटक पढिएको

काठमाडौं, ९ मंसिर । इजिप्टको एक मस्जीदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २३५ पुगेको छ ।

राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा मारिनेमा अधिकांश पुरुष, महिला तथा बालबालिका छन् ।

आक्रमणकारीले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुनसक्ने बताइएको छ । चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए ।

आक्रमणको कसैले जिम्मा लिएको छैन । तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले आक्रमण गरेको थियो ।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीको हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।