नेपाली महिला क्रिकेट टोलीको पहिलो जित

   
27   पटक पढिएको

काठमाडौं, ८ मंसिर । थाइल्याण्डमा जारी आइसीसी महिला टि–२० विश्वकप छनौट सिरिजको एसियाली क्षेत्रतर्फको छनौटमा नेपालले पहिलो जित हात पारेको छ ।

नेपालले पहिलो जित हात पार्ने क्रममा मलेसियालाई शुक्रबार ३३ रनले हरायो । टस हार्दै पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले सिता राना मगरको ३७ रनको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल तयार पारेको थियो । त्यस्तै नेपालका लागि ओपनर ज्योति पाण्डेले पनि २१ रनको महत्वपूर्ण योगदान दिईन् ।

उता जवाफी ब्याटिङ्गका लागि उत्रिएको मलेसियाले भने २० ओभरमा ७ विकेट गुमाएर मात्र ७५ रन बनाउन सक्यो । मलेसियाका लागि ओपनर इमिलिया इलियानीले सर्वाधिक २४ रनको योगदान दिईन् ।

बलिङ्गतर्फ नेपालका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिईन् भने सोनु खड्का, सरीता राना मगर, नेरी थापा र रितु कनौजियाले एक–एक विकेट हात पारे । खेलमा नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी सीता राना मगर प्लेयर अफ द म्याच घोषित भईन् ।

शुक्रबारको नतिजासँगै ४ खेलबाट ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ । शुक्रबार नै चीनलाई ८ विकेटले हराएको थाइल्याण्ड ७ अंकका साथ शिर्ष स्थानमा छ । आइसीसी महिला टि–२० विश्वकपको छनौट खेल्ने नेपालको सम्भावना अझै केही कठिन छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।