पिम्पलबाट छुटकारा

   
42   पटक पढिएको

६ मसिंर बिरगञ्ज

हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थि अर्थात् ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पादन गर्छन् । त्यसबाट केशको चमक र छालालाई नरमपन प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा सिबम निस्कन्छ । यसले छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन्द गर्छ । रोमछिद्र बन्द भएपछि तेल सामान्य रूपबाट बाहिर आउन पाउँदैन र यहीँबाट प्रारम्भ हुन्छ, पिम्पल बन्ने समस्या ।

सिबम र छालाको डेडसेल्सबाट बनेको यो ब्लक्ड मिश्रणमा ब्याक्टेरिया उत्पन्न हुन्छ । ब्याक्टेरियाको प्रभावले छालामा लाली र सुजन सिर्जना हुन्छ । यही ब्लक्ड मिश्रण चाहे त्यो पीडादायक होस् वा नहोस्, लाई पिम्पल भनिन्छ । पिम्पल फुट्यो भने त्यसको प्रभाव वरपरको छालामा पर्छ र अरू पिम्पल उत्पन्न हुन्छ ।

सावधानी

कोमल खालको साबुन वा फेसवास प्रयोग गर्नुपर्छ । यसमा निम, कागती र ल्वाङ आदिको गुण हुन्छ । एक्ने म्याजिक एन्टिसेप्टिक फेसवास, एक्ने म्याजिक एन्टिसेप्टिक सोप, एलोबेरा जेल आदिले अनुहारको तहमा गएर कोमलतापूर्वक सफाइ गर्छन् ।

(अनुहारबाट अनावश्यक तेल हटाउन कम्तीमा दैनिक तीन पटक मुहार धुनुपर्छ ।

( समस्या कायम रह्यो भने ‘एक्ने म्याजिक किट’ घरमै राख्नुपर्छ । यसमा एलोबेरा, निम र बेसारको गुण हुन्छ जसले एन्टिसेप्टिकको काम गर्नुका साथै छालाबाट विषाक्त तत्वलाई बाहिर निकाल्छ ।

 

कसरी ख्याल गर्ने

( पिम्पल्सलाई सीधा हातले छुनुहुँदैन । छोए तुरुन्तै हात धुनुपर्छ अन्यथा जुन–जुन स्थानमा हातले छोइन्छ त्यहाँ एक्ने हुनसक्छ ।

(  एक्नेलाई दबाउने वा कोतर्ने काम गर्नुहुँदैन ।

( आफ्नो रुमाल वा तौलिया अलग्गै हुनुपर्छ ।

( राति सुत्नुअघि मेकअप उतारेर मुहार धुनुपर्छ ।

( कतिपय अवस्थामा गर्भनिरोधक औषधि प्रयोग गर्दा पनि एक्ने निस्कन्छ । त्यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

( हार्मोन परिवर्तन पनि एक्ने निस्कने समस्याको कारण हुनसक्छ । समयमै महिनावारी नहुनु पनि यसको कारण बन्न सक्छ । यस विषयमा पनि चिकित्सकको परामर्श उपयोगी हुन्छ ।

( बारम्बार कस्मेटिक प्रोडक्ट परिवर्तन गर्नुहुँदैन । अति नाजुक छालामा कस्मेटिकको दुस्प्रभाव पर्छ । त्यसैले कुनै पनि प्रोडक्टको प्रभाव हेर्न कम्तीमा एक महिना समय दिनुपर्छ ।

उपाय

( एन्टी ब्याक्टेरिया इफेक्ट दिनुपर्छ । त्यसका लागि एक्ने पिम्पल्स क्रिमको प्रयोग गर्नुपर्छ । यो क्रिमलाई मात्र १५–२० मिनेटसम्म लगाउनुपर्छ तर मल्नु हुँदैन । यसमा भएको एन्टिसेप्टिक तत्वले एक्नेलाई घटाउन मद्दत गर्छ ।

( एन्टिसेप्टिक तत्वका लागि एक्ने म्याजिक पाउडर पनि प्रयोग गर्न सकिन्छ । यो हर्बल पाउडर हो । यसमा निम, बेसार र ल्वाङको मिश्रण हुन्छ । ekantipur नारी 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।