पर्साका ग्रामीण क्षेत्रका मतदाताहरुको चाहना बिकाश नै हुनुपर्यो

   
65   पटक पढिएको

राम मण्डल बीरगञ्ज कार्तिक २८
प्रतिनिधी सभा र प्रदेश सभा चुनावका लागि गाउगाउँमा आउने उम्मेदवारहरु सँग पर्साका ग्रामीण क्षेत्रका मतदाताहरुले बिकाशका एजेण्डाहरु राख्न थालेका छन ।अगामी मंसिर २१ गते पर्सामा हुन गईरहेको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि भोट मागन ग्रामीण क्षेत्रमा पसेका उम्मेदवार समक्ष मतदाताहरुले आफनो क्षेत्रको बिकाश हुनुपर्ने माँग गर्न थालेका छन ।जुनसुकै पार्टीका उम्मेदवारहरु आउदा पनि बिकाशका एजेण्डा सुनाउने गरेको पर्साको ठोरी गाउपालिका सुवर्णपुरकी सानीमाया श्रेष्ठले बताउनुभयो ।बिकाश गर्ने कुरा कुनै एक पार्टी वा एक उम्मेदवारको नभएको यो हामी सबैले मिलेर गर्नुपर्ने मुददा हो उहाले भन्नुभयो भोट माँग्न जुनसुकै पार्टीका उम्मेदवार घरदैलोमा आउदा हामीले बिकाशका एजेण्डा नै राख्ने गरेका छौ ।अहिले गाउँघरमा बाटोघाटोको धेरै समस्या छ ।खोलामा पुल पुलेसो छैन,खेतका लागि सिंचाई,सहज रुपमा बिउबिजनको उपल्बधता लगायतका एजेण्डाहरु नेता साक्ष राख्ने गरेको बताउनु भयो ।पर्सा जिल्लामा दोस्रो चरण अन्तरगत मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा चुनावका बिभिन्न राजनितिक दलहरुले गाउँघर केन्द्रित चुनावी प्रचार प्रसार तिब पारेका छन ।गाउँघरमा भोट माँग्न तथा मतदाताहरुको कुरा सुन्न यतिबेला नेताहरुको घुईचो लाग्ने गरेको छ ।दलहरुले भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा बिभिन्न किसिमका बिकाशका आशवाशन दिएपनि ग्रामिण क्षेत्रहरुमा अहिले सम्म बिकाशको काम हुन नसकेको पर्सा सेढवाका दिपेन्द्र चौधरीले गुनासो गर्नुभयो ।हामीहरुको पहिलो एजेण्डा बिकाश नै हुने गरेको बताउदै उहाले भन्नुभयो हामीले आफनो गाउठाउको बिकाश होस भनेर भोट दिएर जिताउने गरेका छौ तर जितेर गएपछि नेताहरु गाउमा मुख सम्म देखाउन आउदैनन ।अब नेताहरुले त्यसो नगरुन भनेर हामी सजग भएका छौगमउघरमा सडक बिजुली बती सिंचाईको समस्या रहेको मतदाताहरुको भनाई छ ।उनीहरुले बीरगंज ठोरी सडक कालोपत्रे हुनुपर्ने,ठोरीलाई पर्यटकीर स्थलको रुपमा बिकाश गर्नुपर्ने,नदीहरुमा पुल बन्नुपर्ने नहरमा उचित समयमा सिंचाइृका लागि पानी आउनुपर्ने, लगायतका मांग राखेका छन ।पटक पटक दलहरुका चुनावी एजेण्डामा समेटिने यस्ता बिकाशका काम हरु तत्काल हुनुपर्ने मतदाताहरुको मांग थियो ।गाउघरमा राम्रो बाटो बिजली,स्वास्थय सेवाका समस्यालाई समाधान गर्ने उम्मेदवारलाई नै भोट दिएर जिताउने पर्सा जानकी टोला नारायण साह तेलीले बताउनु भयो ।पर्सा जिल्लामा प्रतिनिधी सभा सदस्यको ४ र प्रदेश सभा सदस्य बिधायकका लागि ८ वटा सिट रहेका छन ।कुल  दुई लाख ८९ हजार ५४ मतदाताहरुले अगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागि पर्सा जिल्लामा मतदान गर्न पाउने छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।