लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर सरावगी सहित पौडेल र खातुन सम्मानित

   
314   पटक पढिएको

वीरगंज कार्तिक २८
लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ । 

विगत लामो समयदेखि लायन्स क्लबमा आवद्ध भइ जनप्रतिनिधीमा विजयी भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख लायन विजय सरावगी, जितपुर सिमरा उपमहागनरपालिकाका प्रमुख लायन डा.कृष्ण पौडेल र पोखरीया नगरपालिकाका उपप्रमुख लायन सल्मा खातुनलाई सम्मान गरिएको हो । 
लायन्स क्लबका एरिया चिफ लायन देव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका पुर्व अन्तराष्ट्रिय डाइरेक्टर लायन संजय खेतान पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह लगायतका विशिष्ठ अतिथिहरुले नवनिर्वाचित प्रमुख, उपप्रमुखहरुलाई सम्मान गर्नुभएको लायन्स क्लब अफ वीरगंज  ग्रिन क्याम्पसका उपाध्यक्ष विजय कुशवाहाले बताउनुभयो । 

कार्यक्रममा संघिय इकाई प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरिक्षक सुर्यनाथ उपाध्याय, पर्साका प्रहरी उपरिक्षक गणेश रेग्मी, लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवाल, पुर्व डिष्ट्रिक गभर्नरहरु आर.पी. खेतान, चिरञ्जिवी लाल सरावगी, लायन्स क्लबका एम्बेस्टर अफ गर्भनर लायन मिनाक्षी गुप्ता, लायन उमेश साह कानु, समाजसेवी पशुपती बिक्रम शाह, लायन्स क्लबका वरिष्ट सल्लाहकार डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लायन्स क्लबका रिजन चेयर पर्शन प्रजय हरलालका लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  
कार्यक्रमको संचालन लायन्स क्लबका जोन चेयर पर्सन लायन वासु तिमिल्सिना र धन्यवाद ज्ञापन रिजन चेयर पर्सन लायन राघव आचार्यले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।