पूर्वप्रधानमन्त्री विष्टको अाजै दाहसंस्कार गरिने (यस्ताे थियाे विष्टकाे जीवन)

   
89   पटक पढिएको

काठमाडौँ, २५ कात्तिक । ९१ बर्षकाे उमेरमा निधन हुनुभएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अाजै दाहसंस्कार गरिने भएकाे छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा अाज विहान निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्ष अघि उहाँको श्रीमती र एक छोराको निधन भएको थियो ।

उनी लामो समयदेखि क्यान्सर रोगवाट पीडित थिए । रोगले थलिएपछि उनी केही समयदेखि घरमै आराम गर्दै आएका थिए । विष्ट वि.सं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा पञ्चायत कालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई मन्त्रीपरिषदको उपाध्यक्ष समेत बनाएका थिए ।

भारतले खासै मन नपराउने बिष्ट उनै ब्यक्ति हुन् जो प्रधानमन्त्री भएको बेला उतरी नाकाबाट भारतीय आर्मीको चेक पोस्ट फिर्ता गराउनु भारतलाई बाध्य पारेका थिए । बिष्टले सो आर्मी क्याम्पबारे सार्बजनिक भाषण नै दिएका थिए जसले गर्दा भारतले सेना हटाउन बाध्य भयो । बिष्टलाई राजा महेन्द्रले दह्रो साथ थियाे ।

”नेपालले हात काटेर दियो, खुट्टा काटेर दियो के अब नेपालले आफ्नु गर्दन काटेर दिनु इन्डियालाई” भन्दै दिल्लीमै भारतको चर्को बिरोध गरेका थिए बिष्टले |

राजा ज्ञानेन्द्रको पालोमा नेपालसंग कति निहु खोजेको सक्छ भन्ने चीनसँग लड्नु जा भन्दै भारतको सार्बजनिक आलोचना गरेका थिए बिष्टले |

२०३० साल जेठ २८ गते भारतीय तीस लाख नगद र यात्रु बोकेर बिराटनगरबाट काठमाडौंका लागि उडेको नेपालको सरकारी ध्वजाबाहक जाहाज अपरहण हुदा नेपालका प्रधानमन्त्री थिए कृतिनिधि बिष्ट ।

पंचायतको अवसानपछि गुमनाम भएका बिष्ट तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हात लिए पछि नेपाली राजनीतिको आकाशमा चर्चामा रहेर पछि मन्त्रिपरिषद्को उपाध्यक्ष भएका थिए ।

विसं १९८३ माघमा जन्मिएका विष्ट राष्ट्रवादी नेताका रुपमा चिनिन्थे ।

उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुनुपर्नेमा माग गरिएको  छ  । उनी  राष्ट्रवादी नेताको अन्त्येष्टिमा सरकारले उपयुक्त निर्णय गर्नुपर्ने परिवार र सुभेच्छुकको धारणा छ । परिवारले  सरकारको अहिलेसम्म जवाफ नआएकाले अन्तिेष्टिबारे कुनै निर्णय नगरिसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।