रेडियो बीरगजका कार्यकारी अध्यक्ष ध्रुव साह सहित बीरगंज लक्ष्मणवाका चर्चित नेताहरु फोरम नेपालमा प्रवेश

   
226   पटक पढिएको

२५ कातिक
संघिय समाजबादी फोरम पर्साले आज वीरगंज महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मणवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा चौधरी ग्रुप अन्र्तगतको मेधा उल्लेन प्रालि.का महाप्रबन्धक भागवतलाल झा, राजपाका युवा नेता ईश्वर यादव, वडाअध्यक्षका उम्मेदवार रमेश यादव, पूर्व जिल्ला शिक्षा अधिकारी जयमंगल यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद ध्रुव साह लगायतका सयौ ब्यक्तिहरु फोरम नेपालमा प्रवेश गरेका हुन् । 

नवप्रवेशीलाई संघिय समाजबादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्दी, जिल्ला अध्यक्ष प्रदिप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी लगायतले फुल माला अबिर लगाई पार्टी प्रवेश गराउनु भएको थियो । 

रमेश यादवको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष एव प्रदेशसभाका लागि क्षेत्र नम्बर १ ( क ) का उम्मेदवार लालबाबु राउत गद्दीले मधेसी जनताको अधिकार रक्षाका लागि फोरम नेपाल भरोसाको केन्द्र भएको बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ का उम्मेदवार प्रदिप यादवले मधेसी जनताको हक अधिकार स्थापितका लागि आफुहरु लडी रहेको र मधेसलाई समृद्ध बनाउने अभियानमा लागेको बताउनुभयो । 

कार्यक्रममा नगरप्रमुख बिजय सरावगी, पूर्वनगर उपप्रमुख एव राजपाका पूर्व जिल्ला संयोजक पुरुषोत्तम झा, पूर्व नगरप्रमुख प्रदिप सुवेदी, जर्नादन यादव , सलाउदिन अहमद, अजय साह, नुरुल होदा लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।