महानगरको चुनावमा आईडल बनेका रहबरको लोकप्रियता खस्किदै

   
983   पटक पढिएको

एकलब्य गुप्ता

वीरगंज ,२५ कार्तिक 
वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर युवाहरुका विच चर्चाको शिखरमा पुगेका रहबर अन्सारी फेरि प्रदेशसभा उम्मेदवार बनेपछि उनको लोकप्रियता खस्किएको छ । 

मेयर पदमा युवाहरुको लोकप्रिय मत हासिल गरेका रहबरले पद लोलुपता देखाएको भन्दै युवाहरुले उनलाई हेर्ने दृष्टिकोण बदलेका छन् ।

देश विदेशमा पढेर नेपालको सम्बृद्धि र नेपाली जनताको जीवन स्तर माथि उकास्न युवाहरु राजनीतिमा आउनु पर्छ भन्दै वीरगंज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका ३१ बर्षिय रहबर अन्सारीको निर्वाचनमा हार भएको थियो । चुनावमा पराजित भए लगतै उनले फेरि प्रदेश सभामा उम्मेदवारी दिएपछि एकैव्यक्ति जुन सुकै पदमा पनि चुनाव लडन थालेको भन्दै युवाहरुले आलोचना गरेका हुन । 

राजनीतिमा प्रतिक्षा गर्न सक्ने क्षमता हुनु पर्दछ तर रहबरमा त्यो देखिएन उनि पार्टीले टिकट दिएको भन्दै फेरि चुनावमा होमिएपछि युवाहरुमा उनि प्रति हर्ने दृष्टिकोण परिवर्तन भएको वीरगंज रानीघाटका युवा सुमन गुप्ताले बताउनु भयो । 

विगतमा वीरगंजका युवा पुस्ताका निम्ति “आइडल” बनेका अन्सारीले  राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक समस्याहरु हल गर्न आफू  राजनीतिमा आएको दावी गरेपनि राजनीतिमा जनताका माझ गएर काम गर्न सक्ने क्षमता देखाएर मात्रै चुनाव लडेको भए उनको पक्षमा राम्रो हुने स्वयं युवाहरु नै बताउछन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।