सरकारले अनलाइन मार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गर्न थालेपछि मालपोतमा रहेका दलालहरुको विच्चली

   
68   पटक पढिएको

वीरगंज,२५ कार्तिक 
सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गर्न थालेपछि मालपोतमा रहेका दलालहरुको विच्चली भएको छ । 

अनलाईन सेवा सुरु पछि पर्सा मालपोत कार्यालयमा असुली हुदै आएको राजस्वमा समेत दोब्बरले बृद्धि भएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले पर्सा मालपोतमा चालु आर्थिक बर्षको साउन १ गते देखि मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत हुने करोडौको राजस्व छली रोकिएको छ । 

मुलुकभरका घरजग्गाकाकारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाइनमार्फत निगरानी गरिएपछि एकै वर्षमा पर्सा मालपोतमा २ करोड भन्दा बढी राजस्व उठेको छ । यो तथ्यांकले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल, र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा करोडौ रुपैयाँ राजस्व छली हुँदै आएको प्रमाणित भएको छ । 

घरजग्गा कारोवार अनलाईनमा गएपछि एउटै कित्ता दुई व्यक्तिको नाममा गर्ने प्रवृति, नक्कली पुर्जा बनाएर सर्वसाधारण जनताको सम्पति हडप्ने कार्य पूर्ण रुपमा रोकिएको छ भने नेता तथा जनप्रतिनिधिको निर्देशनमा रजिष्टेशन पास वापतको रकम मिलाउने चलखेल समेत बन्द भएपछि घर जग्गाका दलाल, मालपोतका कर्मचारी, लेखनदास सबैको उठिबास भएको मालपोतका एक अधिकृतले बताएका छन् । 

अवैध रुपमा रकम असुल्ने कार्य रोकिएपछि मालपोतले चन्दा दिन बन्द गरेको र यसबाट केहि राजनीतिक दलका नेता, कार्यकर्ता, संघ संस्था लगायत केही संचारकर्मीहरु समेत प्रभावित भएको मालपोत श्रोतले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।