पर्सामा बाम गठबन्धन र कांग्रेस भन्दा मधेशी गठबन्धन बलियो,यसरी छ लेखाजोखा

   
1304   पटक पढिएको

विन्दुभुषण साह
प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनको मिती नजिकिएसंगै प्रदेश नम्बर २ मा चुनावको माहौल बढेको छ ।

गठबन्धन दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवार आ–आफ्ना एजेण्डासहित नागरिकको घरदैलोमा गएर भोट माग्न थालेका छन् । 

पहिलो र दोस्रो संविधानसभा चुनाव तथा भर्खरै सम्पन्न स्थानीय तहको चुनावको मतपरिणाम अनुसार कुन पार्टीको अवस्था कस्तो रहेको छ भनेर चर्चा पनि हुन थालेको छ । 

प्रदेश नम्बर २ मा दलको गठबन्धनले गर्दा चुनावी परिणाम जस्तो पनि आउन सक्ने आँकलन गर्न थालिएको छ । 

पर्सामा वाम र लोकतान्त्रिक गठबन्धन भन्दा फोरम राजपा गठबन्धन बलियो अवस्थामा देखिएको छ । १४ वटा स्थानीय तह रहेको पर्सामा वीरगंज महानगर सहित ४ स्थानिय तह जितेर पहिलो पार्टी बनेको थियो ।  कांग्रेस र माओबादी केन्द्रले ३÷३ ,एमाले र नेपाली जनता दल २÷२ स्थानिय तह जितेको थियो । 

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार  स्थानीय तह चुनावमा पाएको मतको आधारमा फोरम राजपा ,वाम गठबन्धन भन्दा १३ हजार ९१ र लोकतान्त्रिक भन्दा १० हजार ४ सय ४८ मतले अगाडि रहेको छ । 

फोरमको ४६ हजार ६ सय ६५ र राजपाको २१ हजार ७ सय २९ गरि कुल ६८ हजार ३ सय ९४ मत रहेको छ । 
कांग्रेसको ४६ हजार ५ सय ३ र फोरम लोकतान्त्रिकको ११ हजार ४ सय ७ गरि कुल ५७ हजार ९ सय १० मत रहेको छ ।

यस्तै एमालेको ३२ हजार ५९ र माओवादीको २३ हजार २ सय ४४ गरी कुल ५५ हजार ३ सय ३ मत रहेको छ ।

आठ जिल्ला र १ सय ३६ प्रदेश २ बाट ३२ जना प्रतिनिधिसभा सदस्य र ६४ जना प्रदेशसभा सदस्य निर्वा्चित हुनेछन् ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।