प्रतिनिधी सभामा पर्साको क्षेत्र नं १ मा २२ उम्मेदवार मैदानमा तीन बीच मुख्य प्रतिस्पर्धा

   
112   पटक पढिएको

राम मण्डल कार्तिक २३ बीरगंज आसन्न प्रतिनिधी सभा चुनावका लागि ४ वटा निर्बाचन क्षेत्र रहेको पर्सा जिल्लामा प्रतिनिधी सभा सदस्य निर्बाचन क्षेत्र नम्बर १ बाट २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।यस क्षेत्रबाट बिनबर्तमान सांसद सहित बिभिन्न राजनितिक दल,र स्वतन्त्र उम्मेदवार गरि २२ जना चुनावी मैदानमा उत्रिएका छन ।यस क्षेत्रबाट बाम गठबन्धनबाट निबर्तमान सासंद बिचारी यादव,फोरम नेपाल र राजपा गठबन्धनबाट फोरा नेपाल पर्सा अध्यक्ष प्रदिप यादव,नेपाली कांगे्रसबाट उधोगी अनिल रुंगटा,राष्ट्रिय जनमोर्चाबाट नुर आलम अन्सारी,नेमकिपाबाट सरोज साह,नेपाल संघीय समाजबादी पार्टीबाट मोहमद कदम रसुल रसुल राजपा परित्याग गरि नेपाल संघीय समाजबादी पार्टीबाट उम्मेदवारी दिएका हुन ।नेकपा मालेबाट जितेन्द्र सिंह, बिबेकशिल साझा पार्टीबाट महमद राजा,एकीकृत रा प्र पा बाट गजेन्द्र देव श्रेष्ठ देशभक्त लोकतान्त्रिक पार्टीबाट महमाद मुमताज आलमले उम्मेदवारी दिएका हुन ।यसैगरि स्वतन्त्र बाट ११ जनाको उम्मेदवारी परेको छ ।क्षेत्र नम्बर १ मा २२ जना उम्मेदवारहरु भएपनि मुख्य प्रतिस्पर्धा तीन जना उम्मेदवारबीच नै हुने बिशलेषकहरु बताउछन ।यस क्षेत्रमा मुख्य गरि बाम गठबन्धनबाट उठेका निबर्तमान सांसद बिचारी यादव,फोरम राजपा गठबन्धनका उम्मेदवार प्रदिप यादव र कांगे्रसका अनिल रुगंटाबीच नै टक्कर हुने देखिएको छ ।बाम गठबन्धनबाट उठेका बिचारी यादव निबर्तमान सांसद हुन ।उनी दोस्रो संबिधान सभा २०७० मा पर्सा क्षेत्र नम्बर २ बाट ८७१३ मत ल्याई बिजयी हुनु भएको थियो ।त्यो बेला पर्सा जिल्लामा ५ वटा निर्बाचन क्षेत्रहरु थिए ।सालीन,कम बोल्ने,सदा जीवन बिताउने यादवलाई यस पल्ट भने कतिको बिचार गरेर भोट दिने हो त्यो हेर्न बाकी छ ।यसैगरि क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिएका राजपा फोरम गठबन्धनका उम्मेदवार प्रदिप यादव पनि बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन ।खासगरि मधेस आन्दोलनमा चर्चा बटुलेका सक्रिय युवा नेता यादव भने पछिल्लो समय बिभिन्न पार्टीका असन्तुष्ट कार्यकर्ताहरुलाई आफनो पार्टीमा प्रबेश गराउदै आफु यस क्षेत्रमा प्रतिनिधी सभा सदस्य जित्ने दाउमा रहेका छन ।यादव आबद्ध पार्टी संघीय समाजबादी पार्टीले मुलुककै कान्छो महानगरपालिका बीरगञ्जको मेयरमा जित हासिल गरेको छ ।क्षेत्र नम्बर १ मा  बिरगंज महानगरपालिकाकै वडाहरु पर्ने भएकाले यादव पनि यसपल्ट जित हासिल गर्ने उम्मेदवारको बीचमा देखिनु भएको छ ।यादव सैबिधान सभा सदस्य निर्बाचन २०७० मा क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए ।उनी एमालेका बिचारी याव सँग पराजित हरदा उनका निकटतम प्रतिस्पर्धी बनेका थिए ।रोचक कुरा के छ भने त्यसबेला पनि यादव द्धयबीच टक्कर भएको थियो भने यसपालि पनि प्रतिनिधी सभा चुनावमा बिचारी र प्रदिप यादव द्धय नै एकअर्का बिरुद्ध चुनावी अखडामा उभिएका छन ।यसैगरि अर्का उम्मेदवार कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उधोगी अनिल रुंगटा पनि आफु जित्नका लागि कम्मर कसेर लागेका छन ।रुंगटा अहिले  दिनहु आफना क्षेत्रका मतदाताहरु बीच गई घरदैलो अभियान तिब्र रुपमा गर्दै आई रहेका छन ।मतदाताहरुले कममात्रै चिनेका रुंगटा यस क्षेत्रमा बलिया पक्कड रहेको पार्टी कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन ।यस क्षेत्रबाट संबिधान सभा निर्बाचन २०७० मा कांग्रेसका सनबर्तमान सांसद राजेन्द्र बहादुर अमात्य १२६४३ मत ल्याएर बिजयी हुनु भएको थियो । क्षेत्र नम्बर १ माकुल ६७ हजार ४ सय ५ जना मतदाता रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।