पहिले मन जितेँ अब चुनाव जित्छु

   
58   पटक पढिएको

वीरगञ्ज, कात्तिक  स्थानीय तह चुनावको तेश्रो तथा अन्तिम चरणमा भएको प्रदेश नम्बर २ को चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । २०४३ सालमा काठमाडौंमा जन्मिएका ३१ वर्षका रहबर युवाहरुमा लोकप्रिय छन् । अन्सारीका बुवा एई अन्सारी सरकारी डाक्टर थिए । काठमाडौंमा जन्मेका अन्सारी बुवाको सरुवा जताजता भयो त्यतै त्यतै गएर पढे । काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए । दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके । स्नातकको पढाइ सकिएपछि नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरे । डेढ वर्ष जति त्यहाँ काम गरेपछि आफैले वीरगञ्जमा गण्डक अस्पताल सुरु गरे । विश्वका २० हजार युवाहरुबीचको प्रतिस्पर्धाबाट छनोट भएर हंगेरीको बुडापेष्टमा अध्ययन गर्न गए । त्यहाँको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नातकोत्तरको परीक्षा सकेर आएका उनी वीरगञ्ज महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । पछिल्लो समय युवामाझ चर्चामा रहेका रहबर अन्सारी अहिले प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । मेयरको चुनावमा ८ हजार ३ सय ५ मत ल्याएका अन्सारी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार भएका हुन् । वीरगञ्ज महानगरपालिकामा मेयरमा उठेर चर्चामा आएका उनलाई चाहेर पनि मतदाताहरुले जिताउन सकेनन् । उनको शालिन स्वभाव, मिजासिलो व्यवहार, आकर्षक व्यक्तित्वका साथै तार्किक भाषणले पनि सबैको मनमा उनी बसेका छन् ।वीरगञ्जका मतदाताहरुको मन जित्न सके पनि उनले चुनाव जितेनन तर जति मतदाताले उनलाई मत दिए त्यसको आधारमा वीरगंजमा आफ्नो आवश्यकता नागरिकले महशुस गरेकोे उनको निष्कर्ष निकालेका छन् । उनले वीरगंजको जे समस्या देखेका छन्, नागरिकले पनि त्यही देखेको उनलाई लागेको छ । समस्या समाधानको लागि उनले जे गर्न खोजेका छन्, नागरिकले पनि त्यही गर्न खाजेको जस्तो उनलाई लागेको छ । नागरिकको जोड र बल समस्या समाधान गर्ने तहमा आफूलाई पु¥याउन सक्रिय रहेको उनको अनुभूति छ । महानगरको मेयरमा प्रत्यासी रहेका अन्सारी प्रदेश सभाको उम्मेदवार बन्न इच्छुक चाँही थिएनन् । तर पार्टीले यो जिम्मेवारीमा जान निर्देशित गरे पछि आफू चुनावी मैदानमा उत्रिएको अन्सारीको भनाई छ । पर्सा जिल्ला प्रदेश नम्बर २ को लागि एउटा महत्वपूर्ण भूमिका खेल्ने र निर्णायक शक्तिको रुपमा रहने भएकोले आफू संबेनशील रहेको उनको भनाई छ । आफूलाई दुई/दुई पटक अवसर दिएकोमा पार्टीलाई आभार ब्यक्त गरेका छन् । ‘पर्सा एउटा ऐतिहासिक जिल्ला पनि हो । यति हुँदाहुँदै पनि पर्सा निकै पछाडि परेको छ । यसको पहिचान, यहाँको विषयवस्तुहरुलाई समेट्नका लागि पनि यहाँको सबल, शिक्षित र सक्षम प्रतिनिधित्वको खाँचो देखँे । त्यसैले मैले फेरि उम्मेदवारी दिएको हुँ’ उनले भनाई छ ।

यस्तो छ स्थिति

निर्वाचन क्षेत्र नं १ को प्रदेश सभाका ‘क’ मा वीरगंज महानगरका १० वटा वडा रहेका छन् । यसमा रहवर अन्सारीको वडासमेत रहेको छ । स्थानीय तहको चुनावको परिणामलाई हेर्ने हो भने एमाले माओवादी गठबन्धन झिनो मतले अगाडि देखिन्छ । महानगरका वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा एमाले माओवादी गठबन्धनले ६ हजार ४ सय ९५ मत प्राप्त गरेको देखिन्छ । नेपाली कांग्रेसले ५ हजार ९ सय ७३ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरम नेपालले ५ हजार ९ सय २४ मत प्राप्त गरेको देखिन्छ । राजपा र संघीय समाजवादी फोरमको गठबन्धको मत जोड्दा ८ हजार हुने देखिन्छ । तर राजपामा आएको फुट बिभाजन र राजीनामाले गर्दा त्यो भोट फोरममा जाने आधार कमजोर देखिन्छ । त्यसमाथि अन्सारी परिचित र चर्चित उम्मेदवार हुन । उनी जति चर्चित उम्मेदवार अरुपार्टीले दिन सकेका छैनन् । थोरै मतदाता वाम गठबन्धनले आम कार्यकर्ता पंक्तिमा ल्याएको उत्साह र समग्रमा क्षेत्रको विकासका निम्ति अगाडि सारेको एजेण्डाका आधारमा उनी चुनाव जितिनेमा ढुक्क छन् ।

मतदातासँग गरेको भेटघाट तथा छलफल र अन्तरक्रियाले पनि आफूलाई थप अनुभव प्राप्त भएको बताउने अन्सारी अहिले कम मतदाताको बीचमा बढी समय छलफल र अन्तरक्रिया गर्न पाउने भएकोले सहज हुने बुझाईमा छन् । ‘मतदाताहरुले जुन सहानुभूति देखाउनु भएको थियो त्यसलाई अब व्यवहारमा लागू गर्नको लागि पनि एउटा अवसर आएको छ’ रहबरको भनाई छ, ‘यीनै कुराहरुले मलाई अझ हौसला बढाएकोले नै मैले जितेको नागरिकको मनबाट मत पाएर जित्न सक्छु भन्ने लाग्छ ।’

योजना बनाएर लागे

आजको युवा पुस्ताका निम्ति “आइडल” बनेका अन्सारी राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक समस्याहरु हल गर्ने आफ्नो महत्वपूर्ण भूमिका रहने सुनाउँछन् । रोजगारी सृजनाका लागि वातावरणको निर्माण, लगानीकर्ताहरुको लागि अनुकुल वतावरण, पर्यटकीय गन्तब्य केन्द्रको विकास, कृषिको आधुनिकीकरण, कृषि पेशामा ब्यवसायीकरणमा ध्यान दिने खाका बनाएका छन् । श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास अर्को योजना हो । आजको युवापुस्तालाई समाज र राष्ट्रका निम्ति जिम्मेवार बन्न प्रेरीत गर्ने अभिष्ट लिएका छन् । स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेण्टी तथा मुख्य गरी कृषि, धार्मिक पर्यटनको विकास तथा वेरोजगार यूवाहरुको लागि रोजगारी सृजना गर्न सीपमूलक तथा दक्षता अभिवृद्धि लगायतका विषयहरुमा देखिएका नीतिगत कुराहरुको समाधानका लागि नीति निर्माणको तहबाट वातावरण बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।  आफ्नो क्षमता र अनुभवहरुलाई सकारात्मक र विवेकपूर्ण ढंगबाट प्रयोग गरी प्रदेश नम्बर २ को नमूना जिल्लाको रुपमा पर्सालाई स्थापित गर्ने कुरा उनको प्रथामिकतामा रहेको छ  ।

अन्सारीलाई कतिपयले राजनीतिमा “अपरिपक्कव” भने टिप्पणी गर्छन् । राजनीतिमा वर्षौं ब्यतित गरेकाहरुले यसो भन्नु अनौठो होइन तर अलिकति जान्ने सुन्ने ठान्ने उनीभन्दा अलि पाको  उमेर समूहकाको मत पनि यस्तै पाइन्छ । तर अन्सारीको यसमा खरो टिप्पणी छ यस्ता कुरा गर्नेहरु सबै विकास र समृद्धिका विरोधी हुन्  । ‘राजनीतिमा उमेर पुगेकाहरु मात्रै लाग्नुपर्छ भन्ने हाम्रो गलत संस्कारले हाम्रो मानसिकतामा डेरा जमाएको छ’ उनको बुझाई ५, ‘जबसम्म पुरानो सोच र मानसिकता राखेर राजनीति गरिन्छ त्यो सधैं यथास्थितिमा रहन्छ । राजनीतिका पुराना खेलाडी भन्ने दिनहरु गए । अबको समय युवाको हो । पुराना राजनीतिक खेलाडी भन्नेहरुले युवाहरुलाई झोला बोकाउने काम मात्रै गरे । आधुनिक युगमा युवा नेताका झोला बोक्न होइन देशको जिम्मेवारी बोक्न हो ।’ परिपक्ववता होइन राजनीतिमा संस्कार हुन जरुरी रहेको उनको भनाई छ । राजनीतिका नाममा अपराध र अराजकतालाई उन्मुक्ति दिने कुरा ठिक होइन । राजनीतिमा सबै कुरा जायज हुन्छ भन्दै अनुत्तरदायी काम गर्ने कुराको छुट कसैले पाउनु हुँदैन भन्ने धारणा उनमा बलियो छ ।  

देशमा स्थायी सरकार निर्माणका लागि निर्माण गरिएको वाम गठबन्धनप्रति नेपाली कांग्रेस लगायतका पार्टीहरुले “अधिनायकवादी” को आरोप लगाएकोलाई उनले अर्थ नभइको बताए । ‘सरकार त वामपन्थीले बनाउने भन्ने लागिसक्यो त्यही भएर प्रजातान्त्रिक गठबन्धनमा रहेकाले “प्रतिक्रियात्मक” कुरा गरेका हुन् । वाम गठबन्धलाई अधिनायकवादसँग कुनै त्यस्तो मोहमाया छैन । भ्रम पाल्ने र छर्ने काम नगरेको बेस’ उनले सुनाए । स्रोत उज्यालो अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।