बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ

   
84   पटक पढिएको

२३ कात्तिक, । बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ ।आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।तीनै नेताहरु बीच प्रतिष्पर्धा हुने कुरा मतदाता बताउँछन् । तर चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउँछ ।मन्त्री मंसुर विकासप्रेमी नेताका रुपमा लोकप्रिय छन् भने फोरम नेपालका अध्यक्ष यादव तराई मधेश आन्दोलनमा खेलेको भूमिकाले चर्चित छन् ।वाम गठबन्धनले अघि सारेको उम्मेदवार पाण्डे सरल, अनुशासित र इमान्दार नेताको रुपमा चिनिन्छन् ।त्यसैले निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् ।स्रोत अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।