चुनावप्रचारमा ब्यस्त हुँदै राजनीतिक दल

   
91   पटक पढिएको

कार्तिक २२ बीरगंज
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सामा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त भएका छन् । चुनावलाई लक्षित गरेर पर्सामा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् ।चुनाव बाहेक अरु समय देखा नपर्ने राजनीतिकदलका नेताहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ । पर्सामा नेपाली कांग्रेस, एमाले मओबादी केन्द्रको वाम गठबन्धन फोरम र राजपा नेपालको गठबन्धन स्वतन्त्र उम्मेदवार र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा पार्टी प्रबेश गराई र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् । मत माग्न गाउँगाउँ पुगेका नेताहरुले पुरानै आश्वासन दोहो¥याइरहेको जनताले बताएका छन् । जिल्लामा कांग्रेस वाम गठबन्धन र मधेशी गठबन्धनबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।पर्सा जिल्लामा प्रतिनिधी सभा सदस्यको ४ र प्रदेश सभा सदस्य बिधायकका लागि ८ वटा सिट रहेका छन ।कुल  दुई लाख ८९ हजार ५४ मतदाताहरुले अगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागि पर्सा जिल्लामा मतदान गर्न पाउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।