रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण कार्य तीव्र

   
46   पटक पढिएको

वीरगञ्ज, कात्तिक २० गते ।  करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निर्माण हुँदै गरेको  भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ६९ दशमलव नौ किलोमिटरकोे पेट्रोलियम पाइपलाइनको कामले तीव्रता पाएको छ ।  बहुप्रतीक्षित उक्त परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगञ्ज ३६.७ किलोमिटरको हुनेछ ।  परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार पाइपलाइन कार्य भारतीय आयल कार्पोरेसनले तीव्र रूपमा अघि बढाएको छ ।  उहाँका अनुसार परियोजनाका लागि भारतले  आगामी डिसेम्बरदेखि पाइपहरू वीरगञ्ज पठाउने भएको छ । पाइप राख्नका लागि वीरगञ्ज चिनी कारखानाको दुई बिघा जग्गा पनि प्रतिमहिना दुई लाख ३० हजार रुपियाँको दरले भाडामा लिइसकिएको उहाँले जानकारी गराउनुभयो ।पाइपलाइनका लागि जमिनमुनि राख्ने पाइपको ब्यास १०.७५ इञ्चको हुने उहाँले बताउनुभयो ।  भारतमा अहिले पाइप निर्माण भइरहेको जानकारी गराउँदै पाइप निर्माण गर्ने भारतको एनएसएल कम्पनीसँग सम्झौता भएको जानकारी उहाँले दिनुभयो । परियोजना पूरा गर्न पथलैयादेखि परवानीपुरसम्म व्यापारिक मार्ग निर्माण भइरहेकोले निमार्ण कार्यमा खासै समस्या नभए पनि अमलेखगञ्जदेखि पथलैयाबीच जङ्गल भएकाले केही समस्या रहेको बताइएको छ भने परवानीपुरदेखि बाइपास रोड हुँदै रक्सौल नाकासम्म सडकको छेउछाउमा बिजुलीका पोल हुँदा परियोजना सम्पन्न गर्न केही चुनौती थपिएको परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर पौडेलले बताउनुभयो । पथलैयादेखि अमलेखगञ्जको बीचमा रहेको जङ्गलको रूख कटानीका लागि परियोजनाका इन्जिनियरले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा फाइलसमेत पठाइ सकिएको र पाइपलाइनको रूटमा पर्ने बस्ती, पसल र बिजुलीको पोल खाली गराउनसमेत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको उहाँले जनाउनुभयो । साभार गोरखापत्र      

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।