उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

   
86   पटक पढिएको

१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दै छ । निर्वाचनको निर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न पनि वितरण हुनेछ ।

 

आयोगले १६ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारी दर्ता गराएको थियो । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नु अघि आज उम्मेदवारी फिर्ता लिन चाहनेलार्इ समय दिइएको छ । आयोगका अनुसार उम्मेदवारी फिर्ताका लागि आइतबार बिहान १० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ ।

उम्मेदवारको विरोधमा उजुरी दिन १७ गतेको समय दिएको आयोगले शनिबार मनोनपयपत्र र उजुरीउपर छानबिन गरिसकेको छ । निर्वाचन आयोगका अनुसार, उम्मेदवारका लागि अयोग्य देखिएपछि तनहुँ–२ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपमा दोषी प्रमाणित व्यक्ति हुन् ।

आगामी मंसिर २१ गते १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा १ हजार ७४२ उम्मेदवारी परेकोमा एक जनाको खारेजी भएको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २ हजार ९६६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।