राजपाका बरिष्ठ नेता लक्ष्मण लाल कर्णको क्षेत्रमा बागी उम्मेदवार भएपछि सकस

   
321   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,१७ कार्तिक
मधेशी दलको गठबन्धनबाट राजपाको भागमा परेको पर्सा क्षेत्र नं.४मा बागी उम्मेदवारले उम्मेदवारी दिएपछि राजपाका बरिष्ठ नेता लक्ष्मणलाल कर्ण संकटमा परेका छन ।

पर्सामा ४ वटा निर्वाचन क्षेत्र रहेकोमा राजपा नेपालको भागमा परेको क्षेत्र नं.४बाट पार्टीका बरिष्ठ नेता तथा निवर्तमान सांसद लक्ष्मण लाल कर्णले उम्मेदवारी दर्ता गराएका छन । 

नेता कर्णले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएपछि राजपाका जिल्ला अध्यक्ष रहेका ईमदाद राउत गदीले बागी उम्मेदवारको रुपमा नेपाल संघिय सामाजबादी पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन । 

पार्टीका जिल्ला अध्यक्ष रहेका गदीले बर्षौदेखि पार्टी र जनतामा आफनो लगानी रहेकाले पार्टीले मुल्याङ्गकन नगरेकाले आफुले बागीको रुपमा उम्मेदवारी दिएको बताउदै आफुले जसरी पनि चुनाव जितेर देखाउने दाबी गरे ।

यता राजपाका बरिष्ठ नेता कर्णको विरुद्घमा बागी उम्मेदवारी दिएपछि मतविभाजन हुन सक्ने भएकाले चुनाव जित्न सकस हुने राजनितिक विश्लेषकहरुको बुझाई छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।