पर्सामा शान्तिपुर्ण तरिकाले मनोनयन दर्ता, रहबर आए फेरी चुनावी मैदानमा

   
1329   पटक पढिएको

वीरगंज,१६ कार्तिक
आगामी दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पर्सामा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भएको छ ।  
पर्सामा वीरगंजको नेशनल ट्रेडिङ्ग लिमिटेडको परिसरमा स्थापना भएको कार्यालयमा उम्मेदवारी दर्ता भएको छ । 

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर  १ मा संघिय समाजवादी फोरमबाट प्रदीप यादव, नेपाली काग्रेसका अनिल रुगटा, एमालेका विचारी यादव,  विवेकशील साझा पार्टीका मोहम्मद रजाक, नेमकिपाबाट सरोजकुमार साह, नेकपा मार्कवादी शंकर प्रसाद चौरसिया, नेपाल संघिय समाजवादी पार्टिबाट मोहम्मद कदम रसुल, स्वतन्त्र उम्मेदवारहरु  दिप कुमार वर्माले  उम्मेदवार दर्ता गराएका हुन् ।

प्रतिनिधी सभा तर्फ नै क्षेत्र नम्बर २ बाट संघिय समाजवादी  फोरमका उम्मेदवार  विमल श्रीवास्तव र नेपाली कांगेसका अजय कुमार चौरसियाले उम्मेदावरी दर्ता गर्नुभएको छ ।बाम गठबन्धनका तर्फबाट माओबादीका युवा नेता रहबर अंसारीले मनोनयन दर्ता गर्नुभएको छ ।  
क्षेत्र नम्बर  ३ मा बाम गठबन्धनबाट राजकुमार गुप्ता, नेपाली काग्रेसबाट सुरेन्द्र चौधरी, फोरम नेपालबाट हरिनारायण रौनियार,  नेपाल संघिय समाजवादी पाटिका राजकुमार यादव, नेमकिपाबाट इस्लाम मिया, स्वतन्त्र उम्मेदवारहरु अजय कुमार गुप्ता, विरेन्द्र प्रसाद कोइरी, शिवजी गुप्ता, प्रदीप कुमार रौनियार, धुरेन्द्र पटेल लगायतले उम्मेदवारी दर्ता गराएका छन् । 
त्यसैगरी क्षेत्र नम्बर ४ बाट नेपाली काग्रेसका रमेश रिजाल, बाम गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउन भएको छ भने, राजपाका बरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णले उम्मेदवारी दर्ता गर्नुभएको छ ।नेमकिपा साहेब मिया तेली, स्वतन्त्र उम्मेदवार बनारसी राउत अहिर, मुमताज अहमद गदीले समेत उम्मेदवारी दर्ता गराउनु भएको छ । 

प्रदेशसभा तर्फ
प्रदेश सभा तर्फको निर्वाचनका लागि समेत उम्मेदवारहरुको मनोनयन दर्ता शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
क्षेत्र नम्बर १को क मा संघीय समाजवादी फोरमका जन्नत अंसारीको उम्मेदवारी परेको छ ।क्षेत्र नम्बर १ को  (ख) मा फोरमका लालबाबु राउत गद्दी, नेकपा मार्कसवादीबाट महम्मद आलम देवान फकिर ले उम्मेदवारी दर्ता गराएका छन् ।
्यस्तै  क्षेत्र नम्बर २ को ख बाट स्वतन्त्र उम्मेदवारहरु हरिशंकर साह कानु, प्रमोद कुमार रायमाझीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 
 क्षेत्र नं.३ को क बाट फोरम नेपालबाट मन्जुर आलम ,स्वतन्त्र उम्मेदवार सुनिल कुमार कोइरी पर्सा ३ को ख मा नेपाली कांग्रेसबाट पुर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री,फोरम नेपालबाट प्रहलाद गिरी,बाम गठबन्धनबाट छोटेलाल प्रसाद यादव ,स्वतन्त्र हरिहर प्रसाद साह कानुले उम्मेदवारी दर्ता गराएका छन् । 

यता नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा १ को क बाट रामनारायण प्रसाद कुर्मी, ख बाट विजय सर्राफ, २ को क बाट राजेश्वर प्रसाद तेली र ख बाट रामरुप प्रसाद कुर्मी, क्षेत्र नम्बर ३ को क बाट चन्द्रकिशोर प्रसाद र ख बाट जनाद्र्धन सिंह क्षेत्रीले उम्मेदवारी दिनु भएको छ  भने  क्षेत्र नम्बर ४ को क बाट कांग्रेसका शंकर प्रसाद चौधरी र ख बाट बशिष्टनारायण कुर्मीले उम्मेदवारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।