बारामा बाबुको हत्या गरेको अभियोगमा दुई  छोराहरु पक्राउ

   
109   पटक पढिएको


बारा, कात्तिक १४ – बारामा आफनै बाबुको हत्या गरेको अभियोगमा दुई  छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ।जग्गाको अंशसम्बन्धी विषयलाई लिएर बिबाद हुदा जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षका हीरालाल महतोलाई उनकै छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेका थिए  । गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान पौने १० बजे ज्यान गएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो । महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।