प्रदेश २ मा सिट बाँडफाँटः माओवादीलाई १५ र एमालेलाई १३ (पर्सा जिल्लामा बराबर भागबण्डा)

   
112   पटक पढिएको

१३ कात्तिक, काठमाडौं । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले जानकारी दिए ।प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् ।वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १५ सिट पाउँदा प्रदेशमा २८ सिट पाएको छ ।प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्ने तय भइनसकेको नेता यादवले बताए ।साथै पर्साको प्रतिनिधिसभाको सिट साट्नेबारे पनि एमाले र माओवादीबीच छलफल जारी छ । शीर्षतहमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ । तर, स्थानीय स्तरबाट भने २ माओवादी र ३ एमालेले लिनुपर्ने राय आएको र छलफल भइरहेको एक नेताले बताए ।वाम गठबन्धनले सिट बाँटफाँटमा धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रलाई छाडेको छ । यहाँ नेपाली कांग्रेसबाट पूर्वगृहमन्त्री विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् । यस्तै महोत्तरी-२, सप्तरी-४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रलाई दिइएको छ । 

पर्सा जिल्लामा बराबर भागबण्डा

पर्साको प्रतिनिधी सभा क्षेत्र नम्बर १ र २ एमाले ३ र ४ माओबादीको भागमा परेको छ।यसैगरि प्रदेश सभा क्षेत्र नं १ को क माओबादी ख एमाले २ को क एमाले ख माओबादी ३ को क एमाले ख माओबादी ४ को क एमाले ख माओबादीको भागमा परेको छ ।अनलाइनखबर

 

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।