राजपा नेताहरुद्वारा शहीद तथा घाइते परिवारलाई छठ पर्वको सामग्री प्रदान

   
157   पटक पढिएको

वीरगन्ज, ७ कार्तिक । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीद परिवार र सख्त घाइते भएका परिवारलाई राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले छठ पर्वको सामग्रीहरु प्रदान गरेका छन् ।“शहीद परिवार हाम्रो समाजको गहना हो, सबै सम्मान र सहयोग गरौं’ भन्ने उद्देश्यका साथ राजपा नेपालका नेताहरु तथा सामाजिक अभियन्ताले सहयोग प्रदान गरेका छन् ।मधेश आन्दोलनका शहीदहरु दीनानाथ साह गोड, जयप्रकाश साह, दीलिप चौरसिया, धर्मराज सिंह र सोहन कलवार र शख्त घाइते भएका मुनसी पटेलका परिवारलाई घरमै पुगी छठ पुजा सामग्री र साडी वितरण गरिएको छ ।यसैगरी, राजपा नेपाल बिरगंजले वीरगन्जमा शहीदहरुको नाममा बाटोको नामाकरणसमेत गरिसकेको छ । राजपाका वीरगन्ज महानगर  अध्यक्ष ओमप्रकाश सर्राफ, केन्द्रीय सदस्यद्वय रम्भा मिश्रा र उषा श्रीवास्तव र सामाजिक अभियन्ता प्रकाश थारुले शहीद र घाइते परिवारका लागि छठ पुजा सामग्री उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।