बीरगंजमा छठपर्बको रौनक बजारमा पुजन सामग्री किन्नेहरुको घुईचो

   
46   पटक पढिएको

राम मण्डल कार्तिक ७ बीरगंज 
श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्व मंगलबार देखि शुरु भएको छ । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व मंगलबार देखि विधीवत रुपमा शुरु भएको हो । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात मंगलबारको दिनलाइ  नहाए खाएके दिन पनि भन्ने गरिन्छ । मंगलबार छठको व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाने गर्छन् । छठको दोश्रो दिन बुधबार अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाउ छन् । उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । यस दिन ब्रतालु मलिाहरुले नदि , पोखरी , तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । छठपूजामा सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि  गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ , पानी सिंगडा , सुथनी , उखु  लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मी्क जनविश्वास रही आएको छ ।यसैबीच नेपालीहरुको महानपर्ब दशै तिहार सकिएलगतै छठ पुजाको लागि समान किन्नेहरुको बजारमा घुईचो लागेको छ । छठ पर्बको रौनक शुरु भएसँगै पर्सा जिल्लाका बिभिन्न ठाउँहरुको पोखरी नदी तलाउ लगायत छठघाटको सरसफाईको काम पनि अन्तिम चरणमा पुगेको छ ।छठपर्बको लागि बीरगंजको घडिअर्वा, मुर्ली,नगवा,राधेमाई,छपकैया पोखरी यसैगरि जिल्लाका ग्रामिण भेगका छठघाटहरुको पनि सजावट तथा सरसफाई लगभग सकिएको छ ।पर्साको पोखरिया,बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका,सेढवा,अलौ भिस्वा,जानकी टोेलाका छठ घाट पनि,बिभिन्न रंगीचंगी बती,लाईटले सुसज्जित बनेका छन ।अरु ठाउ भन्दा बीरगंजको घडिअर्वा पोखरीलाई आकर्षक पन्डाल,झालर बती,लाईटले सजाई मनमोहक बनाईएको छ ।पर्सा जिल्लामै घडिअर्वा पोखरीलाई सबै भन्दा बढी रकम खर्च गरि हरेक बर्ष सजावट गरिदै आइएकोले पछिल्लो समय यसले राष्टिय स्तरमै चर्चा बिषय बनेको छ ।छठघाट सजावटको काम अन्तिम चरणमा पुगेसँगै आर्थिक नगरी बीरगंजमा छठपुजाको सामग्री खरिद गर्ने बर्तालु तथा सर्बसाधारणको भिड लागेको छ ।बीरगंजको घण्टाघर,माईस्थान,आदर्शनगर,मुर्ली लगायतका बजारहरुमा दैनिक ग्राहक.हरुको घुईचो लाग्ने गरेको छ ।छठपर्बमा बिशेष गरि पुजाका लागि चाहिने फलफुलहरु ,केरा,उखु,पानीले भरिएको नारिवल,अदुवा,सुन्तला,मुला,निम्बु,स्याउको ब्यापारमा बृद्धि भएको छ ।अहिले दैनिक जसो यी फलफुलको ब्यापार अन्य समयको भन्दा छठपुजाको समयमा राम्रा भईरहेको फलफुल ब्यावुायीहरुले जानकारी दिएका छन। अन्य समयमा केराको मुल्य पाउन नसकेका केरा ब्यावसायीहरु अहिले केराको बिक्री बढेकोले खुसी देखिएका छन ।पर्सा जिल्लामा ८० देखि ९० प्रतिशत परिवारहरुले छठपर्ब मनाउने गरेकाले फलफुलको ब्यावसाय अहिले फस्टाएको छ ।यसैगरि छठपुजाका लागि बाँस र बेतबाट बनेका नांगलो छैठी जस्ता सामग्रीहरु नभई नहुने र छठपर्बमा सुर्य भगवानलाई अर्घ दिन बाँस र बेतबाट बनेका सुपली नांगलो नै चाहिने भएकोले खासगरि डोम समुदायले बनाउदै आएका बाँसका सामग्रीको पनि बिक्री ह्वातै बढेको बीरगंज महानगरिपालिका वडा नम्बर २८ का जगरनाथ मलिले बताउनुभयो ।आफुहरुले अहिले देनिकजसो परिवारका एक सदस्ष्लेमात्रै देनिक १५ सय देखि ३ हजारसम्मको बाँसका सामग्रीहरु बेच्दै आएको उनले बताए ।
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।