गाई तिहार र लक्ष्मीपूजा आज

   
25   पटक पढिएको

काठमाडौँ, कात्तिक २ गते । कात्तिक कृष्ण औँसीका दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भनिन्छ । पूजाकोठा, बुइँगल, अट्टालिका, बरन्डा, भकारी रहेको धनसार लगायतमा बत्ती बालेर उज्यालो गर्दा लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण गराउँछिन् भन्ने जनविश्वास रहिआएको छ । 
यसै दिन बिहान गाईलाई लक्ष्मीको प्रतीक मानेर गाईपूजा गर्ने र राति दीपावलीसहित लक्ष्मीपूजा गर्ने प्रचलन छ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार यो दिन नराम्रो कार्य गर्दा वर्षैभरि पिर्छ भन्ने ज्योतिषीय मान्यता छ । लगनखेलको महालक्ष्मी स्थान, भक्तपुरको नौतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मी, काठमाडौँ न्युरोडमा रहेको लक्ष्मी मन्दिर, तनहुँ बन्दीपुरको लक्ष्मी मन्दिरमा यो दिन मेला लाग्छ । 
यसै दिन जनैपूर्णिमामा लगाइएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी तर्ने मनोकाङ्क्षा गरिन्छ । यसै दिन महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती परेको छ । स्व. देवकोटाको १९६६ सालमा आजकै दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारमा यो दिन साहित्यिक सभा आयोजना गरिनेछ । साहित्यिक जमघटमा देवकोटालाई मन पर्ने परिकारको समेत व्यवस्था यहाँ हुँदै आएको छ । 
देवकोटाको वृत्तचित्र दुर्लभ
महाकवि स्व. देवकोटाको जीवनीमा आधारित वृत्तचित्रको बजारमा निकै माग छ । प्रसिद्ध चलचित्र छायाँकार मञ्जुकुमार श्रेष्ठले छायाङ्कन गर्नुभएको यो वृत्तचित्रको प्रकाशित छ सय प्रति डीभीडी बिक्री भइसकेको छ । 
सिद्धान्तराम जोशी, रवि शाह, मिथिला शर्मा लगायतका कलाकारले कला प्रस्तुत गर्नुभएको ९० मिनेटको यो वृत्तचित्रको माग स्वदेशमा भन्दा विदेशमा बढी रहेको बताइएको छ । चलचित्र छायाँकार श्रेष्ठले देवकोटाको जीवनीमा आधारित ठूला पर्दाका चलचित्र नै तयारी गर्न पहल हुन आवश्यक रहेको बताउनुभयो । 
“देवकोटाका सन्दर्भमा कविगोष्ठी लगायतका सभा हुने गर्छन्, लेखहरू लेखिन्छन्, सबैले निकटता देखाउँछन् तर देवकोटाको जीवनीमा आधारित ठूला पर्दाका चलचित्र बनाउन किन कोही कस्सिँदैनन्”, उहाँले प्रश्न गर्नुभयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।