ब्लैकलिष्टेड ठेकेदार रौनियार फोरम नेपालबाट चुनाव लडने हल्लाले पर्साबासी चिन्तित

ब्लैकलिष्टेड ठेकेदार रौनियार फोरम नेपालबाट चुनाव लडने हल्लाले पर्साबासी चिन्तित

   
562   पटक पढिएको

वीरगंज,२९असोज 
नेपाल सरकारको कालोसुचीमा परेको पप्पु कन्ट्रक्सनका प्रोप्राईटर हरिनारायण रौनियार संघिय सामाजबादी फोरम नेपालको टिकटबाट पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लडने हल्ला चलेपछि पर्साबासी नै चिन्तित बनेका छन ।
बर्षौदेखि ठेकेदारीबाट सरकारलाई छल्दै कालो सम्पतिको बलमा टिकट किनेर जसरी पनि चुनाव लडने पार्टी नेतृत्वमा दवाव दिन लगाएपछि स्वयम कार्यकर्ता नै रुष्ट बनेका छन । 
ब्याकलिष्टेड ठेकेदार रौनियारले कहिले पनि जनताको दुःख–सुख बुझन जनताको घरदैलोमा नगई एकाएक पैसाको बलमा जनप्रतिनिधि बन्न खोजेपछि पर्साबासी चिन्तित बनेका हुन । ठेकेदार रौनियारले आगामी मंसिरमा हुने चुनावको लागि जसरी पनि टिकट हात पार्न अहिले काठमाडौसम्म सक्रिय रहेको बुझिएको छ ।
जिल्ला अध्यक्ष प्रदिप यादवले टिकट दिने सम्बन्धमा तटष्ठ रहेपछि फोरम नेपालका केन्द्रमा रहेका केहि चाक्रीबाज नेतालाई आर्थिक प्रलोभनमा पारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दवाव सृजना गर्न टोली सहित अहिले काठमाडौमा सक्रिय रहेको पार्टीका जिल्ला तहका एक जिम्मेवार नेताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन ।
झर्खरै सम्पन स्थानिय तहको निर्वाचनमा पैसाको चलखेलमा पार्टीका ईमान्दार कार्यकर्तालाई पाखा लगाई त्यस्तै ठेकेदारलाई टिकट दिलाउन सफल भएका चाक्रीबाज नेताहरुलाई आर्थिक प्रभावमा पारी टिकट हात पार्ने दाउमा लागेपछि पोल खुलेको हो । 
संघिय सामाजबादी फोरम नेपाल पर्साले पर्सामा कम्तिमा १४ मध्ये ८ स्थानिय तह जित्ने आकलन गरेपनि तिनै नेताहरुले टिकट वितरण हेरफेर गरेपछि फोरम नेपाल पर्सामा ४ वटा स्थानिय तहमा हार ब्यहोर्नु परेको एक नेताले बताएका छन । 
पार्टीका तिनै चाक्रीबाज नेताहरुले गैरराजनितिक र सामाजमा कलंकित रहेका ब्यक्तिलाई टिकट दिलाउन सफल भएपछि फोरम नेपालले पर्साको छिपहरमाई,कालिकामाई,धोविनी र जगरनाथपुर गाउपालिकामा हार ब्यहोर्नु परेको बताईन्छ । 
अहिले तिनै पार्टीका नटवरलाल नेताहरु कालोसुचीमा परेका ठेकेदारको पक्षमा टिकट दिलाउन कमर कसेर लागेको बुझिएको छ । फोरम नेपाल पर्साले क्षेत्र नं.३ बाट प्रहलाद गिरी र ठेकेदार हरिनारायण रौनियारको नाम केन्द्रमा सिफारीस गरेपछि ठेकेदार रौनियारले ५ करोड खर्च गरेर भएपनि जसरी पनि टिकट लिएर फोरम नेपालबाटै चुनाव लडने हल्ला फिजाएपछि फोरम नेपाल पर्सा क्षेत्र नं.३का पार्टीका कार्यकर्ताहरु चिन्तित बनेको स्वयम कार्यकर्ताहरु नै बताईरहेका छन । 
ठेकेदार रौनियारले पर्सा क्षेत्र नं.३मा पार्टीबाट जितेका केहि प्रमुख तथा वडा अध्यक्षलाई समेत तपाईहरु मलाई सहयोग गर्नुस ,स्थानिय तहमा लागेको खर्चको ब्याज समेत जोडेर दिन्छु भनेर आश्वासन बाडदै हिडिरहेको एक जनप्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
यसपाली जसरी पनि टिकट लिएर चुनाव जितेर आफनो कालोधनलाई अझै बढोतरी गर्ने मनसायले  टिकटको लागि कम्मर कसेका हुन ।
संघिय सामाजबादी फोरम नेपालको पर्सामा बढदो लोकप्रियता र जनआकर्षण बढदै गएको अवस्थामा सो विपरित पार्टी नेतृत्वले पनि आर्थिक प्रभावमा परेर त्यस्ता ब्यक्तिलाई टिकट दिन्छ कि भनेर कार्यकर्ता माँझ त्रास र चिन्ताको विषय बनेको छ । 
यस सम्बन्धमा जिल्लाका एक जिम्मेवार नेतासंग बुझदा संघिय सामाजबादी फोरम नेपालले कुनै पनि शर्तमा कार्यकर्ता र जनभावना विपरीत केन्द्रको निर्णय नहुने आश्वास्त पारे । उनले केहि यस्ता तत्वहरु पार्टीमा सक्रिय रहेको स्वीकार्दै त्यस्ता तत्वहरु स्वतह फोरम नेपालबाट विदा हुने बताए ।
अझै विस्तृत बाँकी..........................................प्रतिक्षा गर्नुहोस ।  

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।