प्रतिनिधि र प्रदेशसभा चुनावका लागि एमाले पर्साद्धारा प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस

   
148   पटक पढिएको

असोज २७ वीरगंज
नेकपा एमाले पर्साकोे प्रतिनिधिसभा र प्रदेशसभा कमिटीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनको लागि पर्साबाट उम्मेदवारको नाम सिफारीस गरेको छ । नेकपा एमालको प्रादेशिक र प्रतिनिधिसभा कमिटीको बसेको बैठकले पर्साको ४ वटा संसदिय क्षेत्रमा सांसदहरुको नाम मात्र सिफारीस गरेको छ भने ८ वटा प्रदेशसभा क्षेत्रको प्रत्यक्ष तर्फको संभावित उम्मेदवारमा युवा नेताहरुको नाम सिफारीस गरेको छ ।पर्सा क्षेत्र नं १ बाट सांसद विचारी यादव,जुनैद अंसारी ,क्षेत्र नं २ बाट सांसद राजकुमार गुप्ता र रामचन्द्र साह क्षेत्र नं ३ बाट सांसद नागेन्द्र चौधरी र क्षेत्र नं ४ बाट सांसद जय प्रकाश चौधरीको नाम सिफारीस गरेको एमाले पर्साको संयोजक प्रभु हजराले जानकारी दिनुभयो  । यस्तै प्रदेशसभाको लागि प्रत्यक्ष तर्फ पर्सा क्षेत्र नं १ को ‘ख’बाट दिनेशचन्द्र गिरी ,‘क ’बाट नाम पठाईएको छैन । क्षेत्र नं २ को ‘क ’बाट सांसद रामचन्द्र साह, मोहन यादव,श्रीनिवास साह, ‘ख’बाट मनोज चौधरीको एकल नाम सिफारीस भएको हो । क्षेत्र नं ३ को ‘क ’बाट जसवन्त यादव,रामबाबु यादव र ‘ख’बाट सञ्जिव मिश्रा,तेज प्रकाश सहनीका् नाम सिफारीस भएको हो । क्षेत्र नं ४ को  ‘क ’बाट खडक बहादुर श्रेष्ठ ,घनश्याम महत,गंगा खडका र क्षेत्र नं ४ को ‘ख’बाट नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष तथा प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीको एकल नाम सिफारीस भएको प्रदेश सभा पर्सा क्षेत्र नं।४ ‘ख’को संयोजक गंगा खडकाले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।