म्याच फिक्सिङ अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

   
57   पटक पढिएको

काठमाडौं— एशियन फुटबल कन्फेडेरेसन ९एएफसी० ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ। शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन्।

औपचारिक कार्यक्रममा नेपाल प्रहरीलाई धन्यवाद दिँदै महासचिव विन्डसोरजोन भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण काम भएको छ। हामी अधिकारी, प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं।’
नेपाल प्रहरीको अनुसन्धानमा म्याचफिक्सिङमा संलग्न भएको पाइएपछि एएफसीले २०७२ असोजमा चार नेपाली खेलाडी र एक सहायक प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाएको थियो। तत्कालीन नेपाली फुटबल टोलीका स्टार खेलाडीहरु सागर थापा, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा तथा सहायक प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाल प्रहरी, एएफसीले साझेदारी स्पोर्टट्रेडर तथा युनियन अफ युरोपियन फुटबल एशोसिएशन ९युईएफए० ले एक वर्षसम्म म्याच फिक्सिङबारे अनुसन्धान गरेका थिए।
म्याच फिक्सिङ प्रकरणको अनुसन्धानमा तत्कालीन अपराध अनुसन्धान महाशाखाका एसएसपी खनाल ९हाल डिआईजी० तथा इन्स्पेक्टर पाठक ९हाल डिएसपी०ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

औपचारिक कार्यक्रममा नेपाल प्रहरीलाई धन्यवाद दिँदै महासचिव विन्डसोरजोन भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण काम भएको छ। हामी अधिकारी, प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं।’

म्याच फिक्सिङको कार्यलाई नेपाल सरकारले अपराधको सूचिमा पारेकोप्रति उनले खुशी व्यक्त गरे। ‘यो खेल जगतलाई नै एउटा पाठ सिकाउने महत्पपूर्ण कदम हो। यसबाट अन्य मुलुकपनि प्रेरीत हुनेछन् मैले आशा राखेको छुु’, महासचिव जोनले भने।

म्याच फिक्सिङमा संलग्न खेलाडीले खेलेको खेलको नतिजा, उनीहरूको सम्पर्कमा रहेका विदेशी नागरिक र उनीहरूको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोत तथा उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरण पत्ता लगाउँदै नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। अनुसन्धान पुष्टि भएपछि एएफसीले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।