नयाँ शक्तिले छाड्यो सूर्य चिन्ह आफ्नै चुनाव चिन्हबाट लडने

   
135   पटक पढिएको

नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ । अव नयाँ शक्ति आफ्नै चुनाव चिन्हबाट चुनाव लडने छ ।

यद्यपी अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन । चुनावी टिकट बाँडफाँडमा आफ्नो पार्टीको अपमान गरिएको भन्दै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव नलड्ने बताएको हो । नयाँ शक्तिले यसवारे निर्वाचन आयोगसँग पनि परामर्श गरेको छ । गठबन्धनमा भएपनि माओवादी र एमाले आफ्नै चुनाव चिन्हबाट चुनाव लडने भएका छन् । गठबन्धन बन्दा नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव लडने सहमति गरेको थियो ।

उता नयाँ शक्तिले पार्टी संयोजक डा।बाबुराम भट्टराई गोरखा २ बाट नै चुनावमा उत्रार्ने भएको छ । आज बसेको सो पार्टीको वैठकमा यस विषयमा सहमति जुटेको छ । माओवादी केन्द्र र एमालेबीच गोर्खाका दुवै क्षेत्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार दिने सहमति नजिक पुगेपछि नयाँ शक्तिले आफ्नो विकल्प अगाडि सारेको हो । 

गोरखा २ नम्वबर क्षेत्रबाट माओवादी केन्द्रका नारायाणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ नै हो । त्यसैले श्रेष्ठ र भट्टराई दुवैले २ नम्बर क्षेत्र दाबी गर्दै आएका हुन् ।

श्रेष्ठ कुनै हालतमा पनि गोरखा २ नछाड्ने र भट्टरार्ईले पनि २ बाट उम्मेदवार बन्न नपाए गठबन्धन छोड्ने चेतवानी दिँदै आएका थिए ।

गठबन्धनमा सहमति नजुटेपछि भट्टराईले ओलीलाई छुट्टै भेटेर वाम गठबन्धन र पार्टी एकता प्रक्रियाबाट समेत बाहिरिन चेतावनी दिएका थिए । 
भट्टराईले जुनसुकै अवस्थामा पनि गोरखा २ बाटै उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् ।

अश्विन १७ गते मात्रै आगामी मङ्सिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता घोषणा गरेका गरेका थिए । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।