म्यादी प्रहरीमा जागिर खुल्यो

   
181   पटक पढिएको

मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले ९८ हजार ३ य ६८ युवाका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ। आज असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइनेगरी नेपाल प्रहरीले आवेदन खुलाएको छ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ। तर नवलपरासी र रुकुमको हकमा भने पहिलेकै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेका युवाहरुले आवेदन दिन सक्ने छन्। साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ।

असोज ३० गतेसम्म आवेदन संकलन भएपछि आवेदन दिएकोले कात्तिक १ गते आवेदन बुझाएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। त्यस्तै कात्तिक ५ गतेदेखि ८ गतेसम्म छनौट प्रारम्भ हुनेछ। १० गते छनौट भएकाहरुको नतिजा सार्वजनिक गरिनेछ। छनौट भएकालाई कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण दिइने बताइएको छ। प्रहरी जवानले पाएसरहको तलव, भत्ता र सुविधा म्यादी प्रहरीले पाउने छन्।

म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभुत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले राशन, पारिश्रमिक र स्थानीय भत्ता पाउने छन्। त्यस्तै निर्वाचनको दिन सात दिनको लागि प्रति दिन २५० रुपैयाँका दरले विशेष भत्ता र २५० रुपैयाँ नै खाजा खर्च पाउने छन्। म्यादीमा छनौट भएकाले ४ हजार पोसाक भत्तँ पाउने छन् भने बाटो खर्च स्वरुप एक हजार रुपैयाँ पनि उनीहरुले पाउने छन्।

म्यादी प्रहरीको दरखास्त फारमको लागि यहाँ क्लिक गर्नुहोस्। सो फारम भरेर साथमा पिपि साइजका दुई फोटो, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रतिलिपी र सुरक्षा निकायमा काम गरेको अनुभव भएमा सोको प्रतिलिपीसँगै प्रहरी परिसरमा लगी बुझाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।