भरतपुरले गरेको फोहोर मैला ब्यावस्थापन प्रशंसनीय रहेको बिरगंजका मेयर सराबगीको भनाई

   
204   पटक पढिएको

राम मण्डल १९ असोज बीरगंज 
बिगंज महानगरपालिकाका नवनिर्बाचित मेयर बिजय सराबगीले भरतपुर महानगरपालिकाले फोहोर मैलाब्यावस्थापनमा प्राप्त गरेको सफलताको बारेमा प्रशंसा गर्नुभएको छ । बिहिवार भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँगको भेटघाटमा मेयर सरावगीले भरतपुरकै बिकाशको मोडल लागु गर्दै आफु पनि अगाडी बढ्न चाहेको बताउनुभएको थियो ।भरतपुर पुग्नु भएका सरावगीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेण्ु दाहालले फूलको गुच्छा दिएर स्वागत गरेकी थिईन । प्रमुख दाहालले आर्थीक नगरी बिरगंजको प्रमुखमा निर्वा्चित भएकोमा बधाइदिदै सफल कार्यकालको शूभकामना ब्याक्त गरिन् ।सो अवसरमा प्रमुख सराबगीले रेणु दाहाललाइ समेत बधाइ दिदै सफल कार्यकालको शूभकामना दिएका थिए । भरतपुरमहानगरकी प्रमुख दाहालले  महानगरपालिकाहरूले बिकास निर्माण र प्रबिधी परिचालनमा एक आपसमा समन्वय र सहकार्य गर्दै अगाडीबढ्नु पर्नेमा जोड दिदै भरतपुरमहानगर पालिका बिरगंज महानगरपालिका संग सहकार्य गर्दै अगाडी बढ्न चाहेको बताइन ।भेटघाट गर्दै बिरगंजका मेयर सरावगीले भने भरतपुर समय समयमा आइरहने गरेको छु सधै सफा सुध्गर देख्दछु बिरगंज यस मामिलामा  सारै कमजोर छ ।हामी फोहोर ब्यावस्थापन हरियाली र पार्कीड ब्यावस्थापनमा भरतपुरले अपनायको तरिकामा बिरगंजलाइ सहयोग गर्न आग्रह गरेका थिए ।प्रबिधीको अधिकतम उपयोग बिना संबृद्दीको लक्ष्यहासिल गर्न नसकिने बताउदै प्रमुख सराबगीले तिन पाड्ग्रे सवारीसाधन भरतपुरमहानगरले जोर बिजोर प्रणाली मार्फत नियन्त्रण गर्न लागेको प्रसंग उल्लेख गर्दै नियन्त्रणले मात्र समस्याको स्थायी समाधान नगर्ने बताउदै बिरगंजमा तिनपांग्रे सवारी साधन बजार क्षेत्र र मुख्य राजमार्गहरूमा निषेध गर्न लागेको बताए । सो अवसरमा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेम राज जोसीले भरतपुर महानगरपालिकाले फोहोरमैला ब्यावस्थापन ,बिकास निर्माणमा जनसहभागिता प्रबिधी मैत्री कार्यालय ब्यावस्थापन महानगरपालिकाको बस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।