दश दलको बन्यो अर्को छुट्टै गठबन्धन

   
186   पटक पढिएको

काठमाडौं १९– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै एक्कासी बढेको राजनीतिक ध्रुवीकरणकाबीच दश दलले छुट्टै गठबन्धन कायम गरेका छन् । मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी, नेकपा संयुक्त माक्र्सवादी, जनसमाजवादी पार्टी लगायत दश दलले छुट्टै गठबन्धन कायम गरी विहीबार रत्नपार्कमा प्रदर्शनको तयारी गरेका छन् । सप्तरी जिल्लाको तिलाठी क्षेत्रमा पर्ने नेपाल–भारत सिमानाको दशगजा क्षेत्रभित्र भारतीय पक्षले अतिक्रमण गरी खाँडो खोलामा बनाएको बाँधको बिरोध गर्ने संघर्षका नायक देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गर्दा सरकार मौन रहेको भन्दै दश दल तथा मोर्चाले विहीबार प्रदर्शन गर्ने भएका हुन् । दश दलको बुधबार बसेको संयुक्त बैठकले भारतीय प्रशासनले तिलाठीमा यादवले गरेको प्रतिकारको प्रतिशोध लिनको निम्ति गिरफ्तारी गरेको भन्दै भारतीय पक्षको निन्दा र भ्रत्र्सना गरेको छ । सरकारले नै सच्चा राष्ट्रवादीको सम्मान–पत्र प्रदान गरेका नागरिकलाई भारतीय प्रशासनले गिरप्तार गर्दासंवेदनहीन देखिनु आश्चर्यको कुरा भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । ती दलहरुले यादबसहित उनका छोरा अजयको निव निःशर्त र सम्मानजनक रिहाईको लागि अबिलम्ब पहल गर्न र सिमा क्षेत्रमा नेपाली नागरिकमाथि भारतीय पक्षद्वारा गरिने दुव्र्यवहारलाई प्रभावकारी ढङ्गले रोक्न सरकारसँग माग गरेका छन् ।देवनारायणका छोरा अजयले भारतीय केटी भगाएको उजुरीका आधारमा भारतीय प्रहरीले अपहरण मुद्दा लगाएर बाबुछोरालाई बिहारको प्रहरी हिरासतमा राखेको छ । बाबुछोरालाई तत्काल रिहाका लागि पहल गर्न सत्तारुढ दलकै विद्यार्थी संगठनहरुले पनि सरकारलाई दबाब दिँदै आएका छन् । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।