संसद् र प्रदेशसभाका लागि ३३७ प्रकारका मतपत्र

   
69   पटक पढिएको

असोज १७ गते । निर्वाचन आयोगले २०७४ मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ सात गरी ३३७ प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले असोज १७ अर्थात्  मङ्गलबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जनाएको छ ।आयोगका प्रवक्ता नवराज ढकालले भन्नुभयो, “समानुपातिकतर्फको मतपत्र छपाइको तयारी पूरा भएको छ, मतपत्रको ढाँचालाई आयोगले स्वीकृत गरिसकेको छ र मतपत्रको छपाइ कार्य नेपाली सेनाको सुरक्षामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा हुनेछ । ”एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभा सदस्य र तल्लो खण्डमा प्रदेशसभा सदस्यको मतपत्र रहनेछ । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छपाइ गरिनेछ । मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै मतपत्रमा दुई ठाउँमा मतदान गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा ११० र प्रदेशसभा सदस्यमा सात प्रदेशमा गरी २२० जनाको चयन हुनेछ ।
प्रतिनिधिसभा सदस्यका लागि देशभरिलाई एउटै निर्वाचन क्षेत्र मानी ७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रका मतदाताले मन परेको एउटा राजनीतिक दललाई मतदान गर्नेछन् । त्यस्तै प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशलाई एउटै निर्वाचन क्षेत्र मानी सात प्रदेशको समानुपातिक प्रणालीका लागि आफूलाई मन परेको दललाई मतदान गर्न सातवटा मतपत्रको ढाँचा तयार गरिएको छ । सोमबार जनक शिक्षा सामग्री केन्द्र पुग्नुभएका आयोगका उपसचिव देशबन्धु अधिकारीले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले समानुपातिकतर्फको मतपत्र हल्का रातो रङमा छापिने उहाँले बताउनुभयो । निर्वाचन चिह्न रहने कोठाहरू प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८८ र प्रदेशका लागि सम्बन्धित प्रदेशमा भाग लिएको दलहरूको सङ्ख्याअनुसार रहनेछ । निर्वाचन चिह्न राख्दा दुवै खण्ड (माथि र तल)को मतपत्रको बायाँबाट दायाँतर्फ क्रमशः १० वटा र माथिबाट तलतर्फ निर्वाचनमा भाग लिने सबै दलको निर्वाचन चिह्न अटाउने गरी निर्वाचन चिह्नहरू रहनेछन् । दलका निर्वाचन चिह्नहरू राख्दा निर्वाचन चिह्नहरूको क्रम प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ ले निर्दिष्ट गरेअनुसार हुनेछ । जसअनुसार अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलले संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा मतपत्रमा दलका चुनाव चिह्न क्रमशः रहनेछन् । 
समानुपातिक निर्वाचन प्रणालीका लागि झण्डै एक करोड ८० लाखको हाराहारीमा मतपत्र छापिनेछ । आयोगले मतदाताको सङ्ख्या केही दिनभित्रै यकिन हुने जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्द सूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशित भइसकेको छ । 
प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश एकमा ८७, प्रदेश दुईमा ८६, प्रदेश तीनमा ८६, प्रदेश चारमा ८२, प्रदेश पाँचमा ८४, प्रदेश छमा ८२ र प्रदेश सातमा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने जानकारी आयोगलाई दिएका छन् । प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागिताअनुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ । समानुपातिकतर्फको मतपत्र आगामी कात्तिक ८ गतेभित्र छपाइ कार्य पूरा हुनेछ भने त्यसको लगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छपाइको काम सुरु गर्ने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि सोही आधारमा तयार गरिनेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रलाई आधार मानी मतपत्र तयार गरिने प्रवक्ता ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।