भारतीय प्रहरी नियन्त्रणमा रहेका यादवलाई छुटाउन आवश्यक पहल गर्न माओवादी अध्यक्ष दाहालद्वारा गृहमन्त्री शर्मालाई निर्देशन

   
157   पटक पढिएको

तीन दिनअघि भारतको कुनौलीमा मेला लागेको थियो।मेला हेर्न सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा त्यहाँ पुगेका थिए। रातको समयमा हुने मेलामा यादव छोरा र स्थानीय युवाहरुबीच झगडा भयो। भारतीय प्रहरीले यादवका छोरासहित तीन जना र केही भारतीय युवकलाई नियन्त्रणमा लियो।एक रात राखेपछि पक्राउ परेका सबैलाई भारतीय प्रहरीले छाड्यो तर यादवका छोरालाई भने छाडेन। त्यसपछि भारतीय प्रहरीले यादवलाई फोन गरेर छोरा पक्राउ परेको जानकारी दियो।छोरा छुटाउन गएका यादव र प्रहरीबीच विवाद भयो। प्रहरीले उनलाई पनि थुन्यो।यादव पक्राउ पर्ने यति मात्र कारण भने होइन।

यादवका छोराले डेढ महिनाअघि भारतबाट एक नाबालिका भगाएर विवाह गरेका थिए। बालिकाको परिवारले छोरी अपहरण गरेको भन्दै यादव, र उनका छोराससहित ३ जनाविरुद्ध उजुरी दिएका थिए। अपहरणको मुद्दामा जाहेरी परेपछि यादव पक्राउ परेको सप्तरीका एसपी मुकेश सिंहले सेतोपाटीलाई जानकारी दिए।

‘यादव पक्राउ परेपछि उनलाई छुटाउन सिडिओसाबसँग मिलेर पहल थालिरहेका छौं,’उनले भने।१४ महिनाअघि नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बनाउन खोज्दा यादवसहितकाले विरोध गरेर दिएका थिएनन्। विरोध क्रममा यादव घाइतेसमेत भएका थिए।यादव पक्राउ परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री जनार्दन शर्मालाई यादवलाई छुटाउन आवश्यक पहल थाल्न निर्देशन दिएका छन्। गृहमन्त्री शर्माले सप्तरी जिल्लाका एसपी र सिडिओलाई फोन गरेर यादवलाई छुटाउने प्रक्रिया थाल्न निर्देशन दिइसकेका छन्।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।