वीरगंज विधानसभा क्षेत्र नं.२ बाट चुनाव लडन राकेश दुबेलाई फोरम नेपालका युवाहरुको दवाव

   
2368   पटक पढिएको

एकलब्य गुप्ता
वीरगंज,१४ असोज  २०७४

स्थानीय तहको निर्वाचन सकिएसंगै आउदो मंसिर २१ हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सरगर्मी तात्न थालेको छ । 

भर्खरै सम्पन स्थानिय तहको निर्वाचनमा प्रदेश नम्बर २ मा दोस्रो शक्ति बनेको संघिय सामाजबादी फोरम नेपालका नेताहरुबीच चुनावकाृे चर्चाले ब्यापकता पाएको छ । पर्सा जिल्लामा वीरगंज महानगरपालिका सहित ४ वटा स्थानिय तह कब्जा गर्दै फोरम नेपाल पहिलो शक्तिको रुपमा उदाएपछि विधायक र सांसदका आकांक्षीहरु ह्वातै बढेको देखिन्छ । 

पर्सामा स्थानिय तह निर्वाचनमा पार्टीले विशेष गरि युवा पिढी र नयाँ अनुहार भएका सामाजिक ब्यक्तित्वलाई उम्मेदवार बनाएको कारण पहिलो पार्टी बनेको विश्लेष्कहरुको बुझाई छ । यसै सन्दर्भमा पर्सा क्षेत्र नं.१ को प्रदेशसभा क्षेत्र नं.२ बाट संघिय सामाजबादी फोरम नेपालका युवा नेता रहेका राकेश दुवेलाई चुनाव लडन पार्टीका युवा नेताहरुबाट चर्को दवाव परेको छ । 
पार्टीमा रहेर कुनै पदको दावी आफुले नगरेका दुबे युवामाँझ लोकप्रिय रहेकाले युवाहरु रुचाएर विरगंज क्षेत्र नं.१को प्रदेशसभा क्षेत्र नं.२बाट चुनाव लडन दवाव परेपछि उनी सोच्न बाध्य भएका छन । वीरगंजलाई आधार क्षेत्र बनाएर सामाजसेवामा रहेका युवा व्यवसायी दुबे मधेश आन्दोलनमा युवाहरुको साथ लिई सक्रिय आन्दोलनमा सहभागि भई कटर मधेशको वकालत गर्ने युवा नेता हुन ।
 युवाहरुको उत्थान र सामाजसेवामा समर्पित राकेश दुबेलाई राजनितिकमा आएर मधेश र मधेशी जनताको लागि पनि केहि गर्नुपर्ने भएको बेला आएकोले चुनाव लडन युवा पंगतीहरु दवाव दिन थालेका छन । 

यस सम्बन्धमा विधायकको लागि चर्चामा रहेका राकेश दुबेसंग साझासामाचारले बुझदा आफुले संघिय सामाजबादी फोरम नेपालको एक सच्चा सिपाही भएको बताउदै युवाहरुको चाहना अनुसार आफु वीरगंज विधानसभा क्षेत्र नं.२ बाट चुनाव लडने ईच्छुक रहेपनि पार्टीले टिकट दिए चुनाव लडछु र जित्छु पनि किनकी राजनितिमा युवा शक्तिको भुमिका महत्वपुर्ण हुन्छ जुन कुरा स्थानिय तहको निर्वाचनले प्रमाणित गरिसकेको छ । मसंग पार्टीका जुझारु युवाहरुको जमात छ । उनीहरुको चाहना बमोजिम नै मैले चुनाव लडने हो ।

युवा नेता राकेश दुबे अगाडी भन्नुहुन्छ पार्टीले जसरी स्थानिय तहमा बढी युवा र सामाजसेवीलाई टिकट दिएर सफलता पाएको छ । विधानसभामा पनि अवश्य नै युवालाई प्राथमिकता दिन्छ र सायद म पनि त्यसमा पर्छु भने कुरामा मलाई विश्वास छ । संघिय सामाजबादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको दुर दृष्टिका कारण पर्सामा स्थानिय तह निर्वाचनमा पहिलो शक्ति बनेर उदाएको छ । 

कारण कि उनीसंग युवाहरुको जमात छ । उनी स्थानिय तह निर्वाचनमा बढी युवापिढिीलाई प्राथमिकता दिएका कारण सफलता हासिल गरेको राजनितीक विश्लेष्कहरुको तर्क छ । 
विधानसभामा पनि नयाँ र युवापिढीलाई नै प्राथमिकता दिने र पहिलो पार्टी बन्ने अहिलेदेखि नै आकलन गर्न थालिएको छ ।  
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।