अबको राजनीती बन्द, हड्ताल र तोडफोडको नभई विकासको हुनुपर्ने काँग्रेस नेता पूर्व अर्थमन्त्री डा महतको भनाई

   
66   पटक पढिएको

भाद्र २८ बीरगंज नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले अबको राजनीती बन्द, हड्ताल र तोडफोडको नभई विकासको हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट विरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार अजय द्विवेदी लगायत सम्पूर्ण काँग्रेसी उम्मेदवारहरुको पक्षमा जनमत बनाउन जारी विजय अभियान अन्तर्गत महानगरपालिकाको वडा नम्बर ४ विर्तामा आयोजित रात्रीसभामा बोल्दै नेता महतले बन्दको विकल्प खोज्न आग्रह गर्नुभयो । बन्द र हड्तालको राजनितीले मुलुकलाई राम्रो दिशातर्फ नलैजाने भन्दै उहाँले मधेशी दलहरुको कारण प्रदेश नम्बर २ मा स्थानिय तहको निर्वाचन ढिलो हुन गएको आरोप लगाउनुभयो । नेपाली काँग्रेसले देशको आन्तरिक श्रोतबाट गौरवका आयोजनाहरु सञ्चालन गरी मुलुकलाई विकासको दिशामा अगाडी बढाउने भन्दै नेता महतले नेपाली काँग्रेससँग मात्र हरेक परिस्थितीको सामना गरी मुलुकलाई अगाडी बढाउन सक्ने क्षमता रहको दावी गर्नुभयो । नेता महतले विरगञ्जको विकास तथा महानगरको वास्तविक रुप दिनका लागि काँग्रेसको नेतृत्वको विकल्प नभएको भन्दै  काँग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका तर्फबाट विरगञ्ज वडा नम्बर४ का वडाध्यक्षका उम्मेदवार जगत साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार अजय द्धिवेदी, उप मेयरका उम्मेदवार शान्ती कार्की, सासद राजेन्द्र बहादुर अमात्य, नेपाली काँग्रेसका नेताहरु विजय सर्राफ, अनु राणा, डा.सुष्मा तिवारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।त्यस्तै नेपाली कांग्रेसले पर्साको पर्सागढी नगरपालिका वार्ड न .४ मा आज घरदैलो कार्यक्रम सम्पन गरेको छ । नेपाली कांग्रेसबाट पर्सागढि नगरपालिकामा प्रमुख पदका उम्मेदवार लोकनारायण यादवको नेतृत्वमा बिरुवागुठि परशुरामपुर, सबैया, बरवाटालीमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । उपप्रमुखका उम्मेदवार अर्चना चौधरी, वडा अध्ययक्ष समसुद्दिन अंसारी, संयोजक बृजमोहन चौधरी, वडा नं.३ को वडा अध्यक्षको उम्मेदवार क्षेत्रिय सदस्य अवधेश ठाकुर, राम अयोध्या प्रसाद यादव लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।