वीरगञ्ज २९ बस्डिलवामा फोरम नेपालको कोण सभा सम्पन्न

   
59   पटक पढिएको

भाद्र २८ बीरगंज वीरगञ्ज महानगरपालिका वाड नम्बर २९ बस्डिलवामा संघीय समाजवादी फोरम नेपालले कोण सभा सम्पन्न गरेको छ । कोणसभामा बोल्दै मेयर उम्मेदवार विजय सरावगीले फोरमको चुनावी एजेन्डाबाट परास्त भएका केहि दलका उम्मेदवारहरुको अनैतिक प्रलोभनबाट सावधान रहन आग्रह गर्नुभएको छ । आर्थिक र सरसमान बाँड्ने रणनीति लिएर जनताको मत पैसाको बलमा किन्न खोजेको भन्दै उहाँले त्यस्ता नेता र कार्यकर्ताहरुलाई समातेर प्रहरीको जिम्मा लगाउन आग्रह गर्नुभयो । उहाले फोरमको विजयी पछि वीरगन्जमा आउने विकासको गति नेपालमैं उदारणीय हुने दावी गर्नुभयो । उहाँले नगरवासीको हित, सुख र सुविधालाई ध्यानमा राखि लोककल्याणकारी स्थानीय सरकारको प्रत्याभुति गराउने वाचा गर्नुभयोे ।  कार्यक्रममा उपमेयरको उम्मेदवार पिंकी यादवले महिलाहरुको सशक्तिकरणको लागि फोरम नेपालले छुट्टै कार्यक्रम ल्याउने बताउनुभयो । मधेसी महिला घुम्टोबाट निस्किन नसक्ने भन्ने गलत मानसिकतालाई परास्त पार्न आफूले शिक्षकको जागिर छोडेर चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो । फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले मधेशको हितको रक्षा र वीरगन्जका सबै वडा र टोलहरुको विकास गर्न फोरम नेपाललाई विजयी बनाउन अह्वान गर्नुभयो । कार्यक्रममा पार्टीका नगर अध्यक्ष मुकेश दिवेदी, युवा नेता नासिर खान, रोहित वारंवाल लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।