स्थानीय तहको निर्वाचनलाई आफनो दलले आन्दोलनकै रुपमा लिएको फोरम राष्ट्रिय अध्यक्ष यादवको भनाई

   
103   पटक पढिएको

भाद्र २७ बीरगंज संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन पनि आन्दोलनकै एक स्वरुप भएको बताउनु भएका छ । बाराको सिम्रौनगढमा मंगलबार फोरम नेपालले आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्तिको संघर्षको साथसाथै गाउँ नगरको बिकास र सम्बृधि पनि आवश्यक रहेकाले स्थानीय तहको निर्वाचनलाई आफनो दलले आन्दोलनकै  रुपमा लिएको बताउनु भयो । अहिलेको स्थानीय तह निर्वाचन गणतन्त्र प्राप्ति पछिको पहिलो चुनाव भएको भन्दै उहाले सरकारले भने यो निर्वाचनलाइ गलत ढङगले लिएको बताउनु भयो । संघीय प्रणालीमा पहिले केन्द्रको , त्यसपछि प्रदेशको र अन्त्यतमा स्थानीय तहको निर्वाचन गर्ने विश्व व्यापी मान्यता रहेको भएपनि  नेपालमा भने ठिक यस्को उल्टो भइरहेको अध्यक्ष यादवले बताउनु भयो । स्थानीय तहलाइ कब्जामा लिने नियत राखेर नै सरकारले पहिला स्थानीय तहको निर्वाचन गराइरहेको भन्दै फोरम नेपालका अध्यक्ष यादवले सरकारको यो षडयन्त्र भने फोरम नेपालले सफल हुन नदिने दाबी गर्नु भयो । खसवादीहरुको सरकारले मुलुकको आर्थिक , स्वास्थ्य  र शिक्षा नीति खतम पारीदिएको भन्दै उहाले सयौं सरकारी उद्योग कलकारखानाहरु निजिकरण गरेर लाखौ मजदुरहरुलाई  बेरोजगार बनाएको  आरोप लगाउनु भयो । फोरम नेपालको सिम्रौनगढ नगर कमिटीका अध्यक्ष  अशोक कुशवाहाको अध्यक्षतामा भएको चुनावी सभालाइ केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादव,  सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार पन्नालाल कुशवाहा लगाएतकाले पनि सम्बोधन गरेका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।