चुनाव नजिकिदै गर्दा दलहरुको घरदैलो कार्यक्रम तिब्र

   
35   पटक पढिएको

भाद्र २७ बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा नेकपा माओवादी केन्द्रका तर्फबाट वीरगन्जको मेयर पदका उम्मेदवार रहबर अन्सारीले मंगलबार चुनावी घरदैलो कार्यक्रम गर्नु भएको छ । चुनावी घरदैलो कार्यक्रममा उपमेयरकी उम्मेदवार दुर्गा क्षेत्री , वडा नंबर ३० को वडा अध्यक्षका उम्मेदवार दिपेन्द्र मण्डल, वडा सदस्यका उम्मेदवारहरु नाजिर अन्सारी र नरेश कुर्मीका साथै नेता  कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो । यसैबिचसंघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगन्जको  मेयरका उम्मेदवार विजय सरावगीले वीरगन्जको विकास र आत्मसम्मानका लागि फोरम नेपालका उम्मेदवारलाइ जिताउन आग्रह गर्नु भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० को लालपर्सामा मंगलबार चुनावी घरदैलो कार्यक्रम पछि आयोजित चुनावी कोणसभालाइ सम्बोधन गर्दै मेयरका उम्मेदवार सरावगीले वर्षौ देखि रोकिएको विरगन्जको विकासलाइ पुन सुचारु गर्न आफुले उम्मेदवारी दिएको बताउनु भयो । वीरगन्ज महानगरको विकासलाई केहि दलहरुले आफ्नो स्वार्थ पूर्तिका लागि रोकेर राखेको आरोप लगाउदै उहाले अब भने फोरम नेपालले नै वीरगन्जको विकासको नेतृत्व सम्हाल्ने बताउनु भयो ।सरावगीले वीरगन्ज नगरवासीलाई महानगरको अनुभिती गराउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । मधेसी वीर सहिदहरुको सपना फोरम नेपालले मात्र सुनिस्चित गराउन सक्ने भन्दै उहाले फोरम नेपाल माथि विश्वास गर्न अनुरोध पनि गर्नु भयो ।कोणसभामा बोल्दै उपमेयरकी उम्मेदवार पिंकी देवी यादवले महिलाहरुको विकास आफ्नो प्रमुख एजेण्डा रहेको बताउनु भयो । उहाले आफु निर्वाचित भएपछि महिलाहरुलाई आत्मसम्मान सहित सशक्त बनाउने बताउनु भयो । वडा अध्यक्ष पदका उम्मेदवार वर्मा राउत अहिरको विशेष उपस्तिथीमा भएको घरदैलो कार्यक्रममा फोरम नेपालको केन्द्रिय सदस्य करिमा बेगम, जिल्ला उपाध्यक्ष एंव नगर इन्चार्ज सुन्दर प्रसाद कुर्मी, नगर अध्यक्ष मुकेश द्विवेदी, युवा नेता नासिर खान, रोहित वर्णवाल लगायतको सहभागीता रहेको थियो ।

यसैबिच पर्साको पोखरीया नगरपालिकाको मेयर पदका फोरम नेपालका उम्मेदवार प्रधुमन चौहानले मधेसको पहिचान र आत्मसम्मानको लागि आसन्न निर्वाचनमा फोरम नेपालका उम्मेदवारलाइ विजयी बनाउन आग्रह गर्नु भएको छ । पोखरीया नगरपालिकाको वडा नबर ९ र १० मा मंगलबार आयोजित घरदैलो कार्यक्रमका क्रममा बोल्दै चौहानले फोरम नेपालसंग पोखरिया नगरपालिकालाई नमुना नगरपालिका बनाउने योजना रहेको बताउनु भयो ।उपमेयरकी उम्मेदवार सल्मा खातुनले पोखरिया नगरपालिकाको महिला र बालबालिकाहरुको लागि आफुले निर्वाचित भएपछि काम गर्ने बताउनु भयो  ।खातुनले फोरम नेपालले मात्रै मधेसका जनताको हक र अधिकार दिलाउन सक्ने भएको हुनाले निर्वाचनमा आफुलाइ जिताउन आग्रह गर्नु भयो । 
यसैबिच पर्साको सखुवा प्रसौनी गाँउपालिकाको वडा नम्बर ५ महुवनमा मंगलबार संघीय समाजवादी फोरम नेपालले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सखुवाप्रसौनी गाउँ पालिकाको प्रमुखका उमेदवार प्रदीप प्रसाद जयसवालको अगुवाइमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । 
यसैबिच पर्साको पकहामैनपुर गाउपालिका वडा नम्बर ५ मा मंगलबार नयाँ शक्ति पार्टी नेपालले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट गाउपालिकाका प्रमुख पदका उम्मेदवार धामु शर्माको नेतृत्वमा वडा नंबर ५ सबैठवामा घरदैलो कार्यक्रम सम्पन भएको हो । घरदैलो कार्यक्रममा उप–प्रमुखकी उम्मेदवार मैना खातुन, वडा नंबर ४ का वठडा अध्यक्ष पदका उम्मेदवार मदन स्वर्णकार,वडा नंबरं ८ का अध्यक्ष पदका उम्मेदवार रामबाबु चौरसिया,राजन साह,अनरुद्र यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
यसैबिच बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ५ मा मंगलबार नेकपा एमालेले चुनावी घरदैलो कार्यक्रम गरेको छ । गाँउपालिका प्रमुखका उम्मेदवार राम क्षेत्री पटेल र उप प्रमुखकी उम्मेदवार सुगान्धी देवी कानुको अगुवाइमा भएको घर दैलो कार्यक्रममा वडा नंबर  ५ को अध्यक्षका उम्मेदवार पूर्ण यादव तथा वडा सदस्यका उमेदवार साहदेव साह कानुको सहभागीता रहेको थियो । 
यसैबिच पर्साको बहुदरामाई नगरपालिका वडा नंबर ८ रामनगरी र गोबरथलवा टोलमा मंगलबार  नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाकाको मेयरका  उम्मेदवार प्रमोद कुशवाहाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा उपमेयरकी उम्मेदवार सिता देवी साह तेली , वडा नम्बर ८ को अध्यक्ष पदका उम्मेदवार खोभारी साह लगायतको सहभागिता रहेको थिययो ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।