बिभिन्न पार्टीहरुको चुनावी घरदैलो सम्पन्न

   
13   पटक पढिएको

भाद्र २६ बीरगंज वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा सोमबार संघीय समाजवादी फोरम नेपालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २७ मा पर्ने उदयपुर घुर्मी, कुहडि, रामपुर र जसौली गाँउमा भएको घरदैलो कार्यक्रममा वीरगन्जको मेयर पदका उम्मेदवार विजय कुमार सरावगी, उपमेयर पदकी  उम्मेदवार पिंकी देवी यादव, वडा अध्यक्ष पदका उम्मेदवार नागेन्द्र प्रसाद यादव लगायतको सहभागिता रहेको थियो । फोरम नेपालको नगर कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा फोरम नेपालका जिल्ला उपाध्यक्ष एंव नगर इन्चार्ज सुन्दर प्रसाद कुर्मी, नगर अध्यक्ष मुकेश द्विवेदी, जलेश्वर सर्राफ, अजय साह, युवा नेता नासिर खानको पनि सहभागीता रहेको थियो । घरदैलो कार्यक्रम पछि आयोजिते कोणसभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले अबको विकास फोरम नेपालले मात्र गर्ने सक्ने बताउनु भयो । वीरगन्ज वासीलाइ महानगरपालिकाको अनुभूति गराउन फोरम नेपालसंग कैयन  योजनाहरु रहेको र ती योजनाहरुलाई कार्यान्वयन गराउने रणनीति पनि फोरम नेपालले बनाइसकेको उहाले बताउनु भयो । नेता सरावगीले आफ्नो पुरा जीवन समाजको सेवामा बिताई दिएको भन्दै अहिले पनि नगरवासीको सेवा गर्नकै लागि मेयर पदमा उम्मेद्वारी दिएको बताउनु भयो ।

यसैबिच पर्साको पोखरीया नगरपालिका वडा नंबर ४ मा आज संघिय समाजवादी फोरम नेपालले चुनावी घरदैलो कार्यक्रम गरेको छ । फोरम नेपालको तर्फबाट वडा नंबर ४ को वडा अध्यक्षका उम्मेदवार भरत साह तेलीको अगुवाईमा भएको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार अमिन मिया , बिरजा चौहान , दलित महिला सदस्य दुखनी देवी चमईन् लगायतको सहभागीता रहेको थियो ।यस्तै पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ मा पनि सोमबार फोरम नेपालले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।  गाउँपालिकाको प्रमुखका उमेदवार प्रदीप प्रसाद जयसवालको अगुवाइमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । 
यसैबिच वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइमा सोमबार नेपाली कांग्रेसले चुनावी घरदैलो र पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रमको क्रममा काँग्रेसका तर्फबाट वीरगंजको मेयरका उम्मेदवार अजय द्धिवेदी , उपमेयरकी उम्मेदवार शान्ति कार्की , वडा अध्यक्षका उम्मेदवार कबिर आलम असांरीसंगै काँग्रेसका नेता कार्यकर्ताहरुले मतदाताको घर घरमा पुगेर मत मागेका थिए । घरदैलो कार्यक्रम पछि आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरेर करिब एक सय जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको नेवि संघका नेता दिलिप राज कार्कीले जानकारी दिनु भयो । कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रिय अध्यक्ष खिलनाथ दाहाल , कांग्रेसका नेताहरु रामनारायण कुर्मी, अरविन्द गुप्ता , बुथ सभापति वीरेन्द्र महत्तो , नेपाल तरुण दल पर्साका अध्यक्ष विरेन्द्र पटेल लगायतको पनि सहभागीता रहेको थियो । 
यसैबिच वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा सोमबार नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार मनोज कुमार शर्मा , वडा सदस्यका उम्मेदवारहरु विश्वेसर प्रसाद पटेल र प्रदीप पटेल तथा महिला सदस्यकी उम्मेदवार सयदा खातुन लगायतको सहभागीता रहेको थियो । 
यसैबिच राष्ट्रिय जनता पार्टीले वीरगंज महानगरपालिकाको विभिन्न वडा र टोलमा सोमबार घरदैलो र चुनावी कोणसभा सम्पन्न गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्वर ११ , वडा नम्वर १४ र वडा नम्बर २१  का साथै परवानिपुर, ताजपुर, बसडिल्वा लगायतका स्थानमा राजपाले घरदैलो र कोणसभा गरेको हो । वीरगंज महानगरपालिकाको मेयरका उम्मेद्वार राजेशमान सिंह र उपमेयरकी उम्मेदवार रम्भा मिश्रको नेतृत्वमा सम्पन्न कार्यक्रममा  राजपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा बोल्दै मेयरका उम्मेद्वार राजेशमान सिंहले बालीकाको सुरक्षित भविष्य, मच्छर मुक्त वीरगंज बनाउने अभियान तथा नगर समृद्ध बनाउने काममा साथ दिन आव्हान गर्नुभयो । सहिदको सपना सार्थक पार्न पनि राजपा नेपालको जित अनिवार्य रहेकाले त्यसका लागि सबै एक भएर लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिँदै सिंहले कसैको भ्रममा नपर्न आग्रह गनुभयो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।