राजपा नेपालको ११ बुदे संकल्प सहितको घोषणा पत्र सार्वजनिक  

   
95   पटक पढिएको


वीरगंज, २५ भदौ
एक परिवार एक युवा रोजगार भन्ने परिकल्पना सहित राष्ट्रिय जनता पार्र्टी नेपालले वीरगंज महानगरको स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । 
घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका महासचिव एवंं वीरगंज महानगरपालिकाका मेयरका उम्मेद्वार राजेशमान सिंहले हरेक घर जब सम्म समृद्ध बन्दैन तब सम्म नगर समृद्ध हुन नसक्ने भएकाले एक घर एक रोजगार नीति आफुहरुले लिएको प्रष्ट पार्नु भयो । 
विदेशिने युवाहरुलाई रोक्न सके मात्रै पनि नगरको विकासले कोल्टो फेर्ने भन्दै उहाँले त्यसका लागि युवाहरुलाई लघु उद्यम तथा स्वरोजगार बन्न विभिन्न अवसरहरु उपलब्ध गराइने बताउनुभयो । 

यस्तै घोषणा पत्रमा महानगरमा जन्मने हरेक बालीकाको सुरक्षित भविष्यका लागि बैँक खाता सन्चालन गरेर महानगरले फिक्स्ड डिपोजिट रकम राख्ने व्यवस्था गरिने बुँदा राखिएको छ । मच्छरबाट पिडित भइरहेका महानगर वासिलाई एक महिना भित्रै मच्छरबाट मुक्ति दिलाईने जस्ता जनमुखि कुरा उठाइएको छ ।  
महानगरको विचबाट बग्ने सिर्सिया नदिलाई सुरन्दर र मनोरम बनाउँदै त्याहाँ ¥याफ्टिङ खेल्न मिल्ने गरि प्रदुषण हटाउने र नदिको किनारमा विकसित बाँसको विरुवा रोपेर सुन्दर बनाउने परिकल्पना पनि घोषणा पत्रमा समेटिएको छ ।  
घोषणा पत्रले स्वास्थ्य, शिक्षा, खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छ । 
वीरगंज सडकको स्तरोन्नती गरि हरेक वडाका सडक २ लेनको पक्कि बनाउने जस्ता योजनाहरु उल्लेख छ ।  
हरेक आन्दोलनको मुख्य केन्द्र रहेको वीरगंजमा मधेसी सहिदको सम्झनामा मधेसी सहिद संग्राहालय निर्माण गर्ने, कामकाजि भाषा स्थानीय भाषा बनाउने, अपांग तथा बालमैत्री बाताबरण निर्माण गर्ने लगायतका योजनाहरु रहेका छन् । 
घोषणा पत्रको पहिलो बुँदा नै सरकारी झन्झट र भ्रष्टाचार हटाउनेमा केन्द्रित छ । त्यसका लागि महानगरको हरेक वडामा एन्टि करप्सन टिम गठन गर्ने भनिएको छ । नागरीकका हरेक काममा सरकारी कर्मचारीले नै झन्झट खटा गरेर भ्रष्टाचार गर्न खोज्ने प्रबृत्तीको शमूल अन्त्य गरि तत्काल र विना झन्झट काम हुने बातावरण बनाउने उल्लेख छ । 
आर्थीक रुपमा सम्पन्न नबनाए सम्म महिलाहरु माथी हुने विभिन्न खाले हिंसा अन्त्य गर्न कठिन हुने भएकाले उनिहरुलाई सशक्त बनाउन नारी उद्यमसिल केन्द्र स्थापना गर्नुका साथै उनिहरुलाई स्वआर्जन गर्न सक्ने तालिम तथा आवश्यक सामाग्रीको व्यवस्था मिलाइने जनाइएको छ । 
नगरका ३२ वटै वडाका हरेक चोक तथा गल्लि गल्लिमा सिसि टिभि क्यामेरा जडान गरि सुरक्षा व्यवस्था चुस्त पार्न सिसिटिभि कक्ष स्थापना गरिने जनाइएको छ । नागरिकलाई ढुक्क संग बस्न सक्ने बातावरण बनाउनु आफुहरुको मूल उद्धेश्य रहेकाले सिसिटिभि जडानलाई तत्काल लागु गर्ने पनि घोषणा सभामा मेयरका उम्मेद्वार सिंहले प्रष्ट पार्नुभयो । खुला सिमाका कारण हुन सक्ने अपराधिक गतिविधि रोक्न सिसि क्यामेरा सहितको आधुनिक सुरक्षा व्यवस्था अहिलेका आवश्यकता रहेको वहाँले बताउनुभयो ।  
नाराणी रंगशाला आदर्शनगर रंगशाला लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वरुपमा परिवर्तन गरि  खेलकुदका अन्य मैदानहरुको उचित स्तरोन्नती गरिने, इनर्वामा कुस्तिका लागि सुविधासम्पन्न कुस्ति मैदान निर्माण गर्ने लगायतका एजेण्डा समेटिएको छ । 
यस्तै उद्योग कलकारखाना निर्माण तथा सन्चालनका लागि आवश्यक नीति तर्जमा गर्दै पर्यावरण मैत्री विकासको आधारलाई प्राथमिकतामा राखिने जनाइएको छ ।  
मठमन्दिर, पोखरी, नदिनालाको संरक्षण र सवर्दनका साथै आधुनिक कृषिको पकेट क्षेत्रहरुको विकास गरिने घोषणा पत्रमा उल्लेख छ । 
घोषणा पत्र सार्वजनिक कार्यक्रममा मेयरका उम्मेद्वार सिंहले घोषणा पत्रमा राखिएका कुरा वीरगंज बासिको मूलभुत आवश्यकताका कुरा रहेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनु भयो । अरु जस्तो सपना देखाउने तर काम गर्ने क्रममा सुतेर बस्ने जस्तो आफुले नगर्ने भन्दै नगर विकास र समृृद्धिका खातिर हरपल खटिरहने बताउनुभयो । 
उपमेयरकी उम्मेद्वार रम्भा मिश्रले आफुहरुले जारी गरेको घोषणा पत्र नै जीत पछि गर्ने कामका लिस्ट रहेको भन्दै त्यसलाई जसरी भए पनि काम गरेरै देखाउने बताउनुभयो । 
घोषणा पत्र सार्वजनिकीकरण कार्यक्रममा वीरगंज महानगरपालिकाको मेयर पदका उम्मेद्वार राजेशमान सिंह, उपमेयर उम्मेद्वार रम्भा मिश्रा सहित पार्टीका रमेस प्रसाद कुर्मी, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, कृष्णा पटेल, नगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।