बिभिन्न दलहरुको चुनावी घरदैलो सम्पन्न

   
153   पटक पढिएको

भाद्र २५ बीरगंज  वीरगन्ज महानगरपालिकाको वडा नब्मर २४ रामगढ़वा बहुअरीमा आज संघीय समाजवादी फोरम नेपालको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । फोरम नेपालको तर्फबाट  वीरगन्जको मेयरका उम्मेदवार विजय कुमार सरावगी र उपमेयरको उमेदवार पिंकी यादवको नेतृत्वमा भएको चुनावी घरदैलो कार्यक्रममा वडा नंबर २४ को वडा अध्यक्षका उम्मेदवार मुमताज आलम, फोरम नेपालको केन्द्रिय सदस्यहरु  करिमा बेगम र फिरोज मन्सुर, नगर अध्यक्ष मुकेश द्विवेदी, उपाध्यक्ष घनश्याम गुप्ता, युवा नेता तबरेज अहमद, दिपु कलवार, युवा नेता नासिर खान, विद्यार्थी नेता निखिल वर्णवाल, रोहित वर्णवाल लगायातको सहभागीता रहेको थियो । 
यस्तै पर्साको पोखरीया नगरपालिका वडा नंबर ४ मा पनि आज संघिय समाजवादी फोरम नेपालले चुनावी घरदैलो कार्यक्रम गरेको छ । फोरम नेपालको तर्फबाट वडा नंबर ४ को वडा अध्यक्षका उम्मेदवार भरत साह तेलीको अगुवाईमा भएको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार अमिन मिया , बिरजा चौहान , दलित महिला सदस्य दुखनी देवी चमईन् लगायतको सहभागीता रहेको थियो ।  
यसैबीच पर्साको पकहामैनपुर गाउपालिकामा आज नेपाली कांग्रेसले चुनावी घरदैलो कार्यक्रम सम्पन गरेको छ । पकाहामैनपुर गाउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरि प्रसाद चौहानको नेतृत्वमा वडा नंबर १ धोरेमा आज चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो कार्यक्रममा उप–प्रमुखकी उम्मेदवार कुमारी अन्नपुर्णा पाण्डे ,वडा नंबर १ को अध्यक्षका उम्मेदवार अनिल प्रसाद कोईरी ,वडा नंबर ४ का उम्मेदवार ढेडी प्रसाद यादव,कांग्रेस नेता जोधा कुशवाहा, महासमिति सदस्य बाबुलाल मेहता, विरेन्द्र पटेल ,रामा यादव , वीरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।  
यसैविच बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ३ लिपनिमालमा आज नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । एमालेका तर्फबाट परवानिपुर गाउँपालिकाको प्रमुखका उम्मेदवार राम क्षेत्री पटेल र उपप्रमुखकी उम्मेदवार सुगान्धी देबिको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा वडा  नम्बर ३ को वडा अध्यक्षका उम्मेदवार इब्राहिम मिया , नेता रामपाल यादव , नविन यादव ,सोचन यादव, उमेश गुप्ता , शिवजि गुप्ता  ,मोबिन आलम ,गजेन्द्र पटेल ,मैनुदिन मिया लगायतका नेता  कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।