अवसरवादि विमल, टिकटका लागि बारम्बार दल परिवर्तन

   
761   पटक पढिएको

वीरगंज, २५  भदौ 
वीरगंज सामाजिक र आर्थीक रुपले समृद्ध र धनि रहेको मुलुककै कान्छो महानगर हो । तर राजनीतिक दल र कर्मचारी तन्त्रको वेवास्ताका कारण वीरगंजको विकासले अहिले सम्म गतिलो फड्को भने मार्न सकेन । जनताले नगरको विकासका लागि चयन गरेका प्रतिनिधिहरु सत्ता र भत्ताकै रापमा रुमल्ली रहँदा नगरको विकाश शुन्य विन्दुमा झर्न पुग्यो ।   
प्रजातन्त्र स्थापना भएको २०४७ देखि ०५७ सम्मको अवस्थामा वीरगंजमा जनताले नै चुनेका प्रमुखले कार्यभार सम्भाल्ने मौका पाए । 
वीरगंजको विकाश गर्ने भनेर चर्चा गरिएका विमल श्रीवास्तवले यसै समयमा ४ पटक वीरगंज प्र्रमुखको कार्यभार सम्हाले । तर चार पटक सम्म नगर प्रमुख बन्दा पनि उनले वीरगंजमा स्विमिङपुल र घडिअर्वा पोखरी बनाउनु बाहेक जनताले आभास गर्न सक्ने गरि नगरको विकाश गर्न सकेनन् । जनताका पिर मर्कामा मलम पट्टि लगाउने गरि कुनै काम नै हुन सकेन । 
शहर व्यवस्थित बनाउनु, सडक निर्माण गर्नु, अन्य भौतिक पूर्वाधार निर्माण गर्नमा श्रीवास्तवको ध्यान जानै सकेन । बरु आफ्नो र पारिवारीक विकाशमा भने नगरको बजेट राम्रै संग प्रयोग गरेको बताइन्छ । 
बनेका त्यै २ वटा पोखरी हेरेर अहिले जवरजस्ती विकाश पूरुषको उपमा लिन खोज्नुलाई जनताले राम्रोसंग बुझेको वीरगंज छपकैयाँका स्थानिय राकेस सहनि बताउँछन् । 
सोहि समयबाट अव्यवस्थित बन्दै गएको वीरगंज अहिले पछिल्लो समयमा आइपुग्दा अस्तव्यस्त नै बनेको छ ।  

यस्तो छ विमलको यात्रा 
वीरगंजमा पटक पटक नगर प्रमुख (मेयर) बनिसकेका श्रीवास्तव अवसरकै लागि पार्टी परिवर्तन गर्दै हिँड्नेमा एक नम्वरमा गनिन पुगेका छन् । 
श्रीवास्तवले अहिले सम्मको अवधिमा राजाको पञ्च, नेपाली कांग्रेस, त्यसपछि पञ्चहरुले नै चलाएको राप्रपा, २०६४ मा तमलोपा पछिल्लो समय एकिकरण पछिको राजपा र मंगलबारबाट फेरी फोरम लोकतान्त्रिक सम्मको यात्रा तय गरेका छन् । दिउँसो सम्म चुनाव चिन्ह साइकलमा भोट माग्दै हिडेका श्रीवास्तव मेयर पदमा पार्टीले टिकट नदिए पछि रातारात टिकटको लोभमा पार्टी त्यागेको घोषणा गर्दै नेपाल लोकतान्त्रिक फोरमबाट भोलिपल्टै उम्मेद्वारी दर्ता गराए । 
राजनैतिक नैतिकता र इमान गुमाएका श्रीवास्तवको पछिल्लो कदमले उनलाई आदर्श मान्नेहरु पनि अहिले पाखा लागेका छन् ।  
२० बर्ष पछि हुन लागेको स्थानीय निकायमा उनि फोरम लोकतान्त्रिकबाट वीरगंज महानगरपालिकाको मेयरमा उम्मेद्वार बनेका हुन् । २० बर्ष अघि वीरगंजको चार पटक मेयर बनिसकेका उनि पुनः २० बर्ष पछि पनि त्यै पदका लागि मरिमेटि गर्नुले उनको बालहठलाई उजागर गरेको छ । उमेरले बयोबृद्ध भइसकेका श्रीवास्तवले नयाँ र जुझारु व्यक्तिलाई सहयोग गर्नुको सट्टा आफु बाहेक कोहि जानु नै हुँदैन भन्ने तानाशाहि सोचले गर्दा उनको अवसरवादपनको पटक पटक झल्को दिएको छ । 

पराजयका लागि पैसाको सौदा  
पहिलो सविधानसभा निर्वाचन देखि पराजय हुँदै आएका श्रीवास्तवको साख उठ्नै नसक्ने गरि गिर्न पुगेको छ । उक्त समयमा फोरमसंग मोटो रकम असुलेर उम्मेद्वारी दिइसके पछि पनि करिमा बेगमलाई सहयोग गरेको कुरा वीरगंजका बासिन्दाले भुल्न सकेका छैनन् । आफ्नै बालठका कारण दोस्रो संविधानसभा निर्वाचनमा पनि नमिठो पराजय भोगेका श्रीवास्तवले अहिलेको निर्वाचनमा केहि विचार पु¥याउनेछन् भनेर यहाँका जनताले आशा लिएका थिए । तर श्रीवास्तवको शामन्तीपन र बालहठ नहट्दा उनि अहिले नराम्रो संग पछारिने अवस्थामा छन् । मधेस र मधेसी जनताको हक अधिकारका निम्ति भएको लामो आन्दोलनमा विदेश सयरमा समय विताएका र आन्दोलनको विरोधमा रहेका यीनलाई अब पनि वीरगंजबासीले मत दिनु मधेस विरोधिलाई पाल्नु सरह हुने छ । सर्पलाइ जति नै दुध खुवाए पनि उसले विष नै ओकल्छ । त्यसैले अहिलेको निर्वाचनमा आम वीरगंज महानगरवासीले बुझ्नु पर्ने बेला आएको छ । सहि निर्णय गर्नु पर्ने बेला आएको छ । वास्तविक हक अधिकारका लागि कहिल्यै पछाडि नफर्कि कसले योगदान दिएको छ उसैलाइ जिताउने तर्फ सबै लाग्नु जरुरी छ । होइन भने फेरी पछि पछुताउनु बाहेक केहि पनि बाँकि रहने छैन ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।